BREAKING NEWS

Friday, April 10, 2015

लेखनाथ हार्डवयर एशोशिएशनको क्यालेण्डर विमोचन

लेखनाथ २७ चैत्र 
लेखनाथ हार्डवयर एशोसियसनले आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत शुक्रवार क्यालेण्डर विमोचन तथा व्यवसायीहरुका विच शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नव वर्ष २०७२ सालको अवसर पारेर राखिएको कार्यक्रममा लेखनाथ हार्डवयर एशोसियसनका संस्थापक अध्यक्ष राजेन्द्र ओझा, वरिष्ठ सल्लाहकार भक्तवहादुर केसी, संस्थाका अध्यक्ष ऋषिराम भण्डारी र संस्थाका प्रथम उपाध्यक्ष शैलेन्द्रमोहन भट्टराईले सामुहिक रुपमा क्यालेण्डर विमोचन गरेका हुन् ।
सोही अवसरमा क्लेण्डर प्रकाशन उपसमितीका संयोजक शैलेन्द्रमोहन भट्टराई र विमोचन कार्यक्रमका संयोजक तथा संस्थाका सल्लाहकार सुदिप गुरुङ्गलाई सम्मान गरीएको थियो ।
लेखनाथ हार्डवयर एशोशिएशनका अध्यक्ष ऋषिराम भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थापक अध्यक्ष राजेन्द्र ओझा र वरिष्ठ सल्लाहकार भक्तवहादुर केसीले व्यसायीहरुका विच भाईचाराको सम्वन्ध विस्तार गर्दै गुणस्तरीय निर्माण सामाग्रीको माध्ययमवाट सामाजिक उक्त दायित्व वहन गर्दै ग्राहकलाई सहि सल्लाह र सुझावको माध्यमवाट स्वच्छ प्रतिष्पर्धालाई आत्मसाथ गर्नुपर्नेमा जोड दिएका थिए । उक्त कार्यक्रमको सञ्चालन महासचिव गोपचन्द्र वास्तोलाले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .