BREAKING NEWS

Friday, March 20, 2015

बि एन एस कप सेभेन ए साइड फूटबल प्रतियोगिताको भोलि फाइनल खेल


लेखनाथ -१ भण्डारढिकको फूटबल मैदानमा बि एन एस क्लबद्वारा चैत्र ३ गतेदेखि आयोजित प्रथम बि एन एस कप सेभेन ए साइड फूटबल प्रतियोगिताको भोलि फाइनल खेल तथा समापन हुन गइरहेको छ। शुक्रबार भएको खेलहरुमा बि एन एसले ब्रदर एफ सी लाई ७-०, ड्रिम एफ सी ले शिशुवालाई १-०, र ए आई जी भद्रकालीले एल जी एसोसिएसनलाई १-० र सन राइज क्लबले योंग स्टारलाई १-० ले पछि पार्दै सेमीफाइनलमा प्रवेश गरेका छन्। शनिवार हुने सेमी फाइनल खेलहरूमा ए आई जी भद्रकाली र ड्रिम एफ सीको पहिलो खेल आठ बजे बिहान हुने तथा दोश्रो खेल बि एन एस र सन् राइज क्लबका बीच हुने र बिजयी टिमका बीच फाइनल खेल हुने कार्यक्रम संयोजक अमन गुरुङले बताए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .