BREAKING NEWS

Wednesday, March 18, 2015

एस एल सी परीक्षा आजबाट ; पश्चिमाञ्चलबाट १ लाख बढि विद्यार्थी एसएलसी सहभागी

कास्कीबाट १० हजारभन्दा बढीले एसएलसी दिँदै




पोखरा, ५ चैत/यस वर्षको एसएलसी परीक्षाको तयारी पश्चिमाञ्चल क्षेत्रमा तयारी पुरा भएको छ । सबै आवश्यक तयारी पुरा भएको पश्चिमाञ्चल क्षेत्रीय निर्देशक बैकुण्ठ अर्यालले जानकारी दिएका छन् । प्रश्नपत्र , उत्तर पुस्तीका सबै केन्द्रमा पु¥याउने र सुरक्षाको सबै प्रबन्ध भएको अर्यालले बताए । पश्चिमाञ्चल विकास क्षेत्रबाट यस बर्ष पश्चिमाञ्चलबाट एक लाख दुई हजार ६ सय ४७ परिक्षार्थी सहभागि हुने अर्यालले जानकारी दिए । 
जस मध्ये नियमित तर्फ ८२ हजार एक सय ९१, एक्जाम्टेड तर्फ १९ हजार ६ सय १२ र प्राबिधिक तर्फ ८ सय ४४ विद्यार्थीले परिक्षा दिदैछन् । जसमध्ये ४८ हजार ४ सय ४३ जना छात्र र ५३ हजार ३ सय ६० छात्रा रहेका छन् । पश्चिमाञ्चलबाट एसएलसी परिक्षामा छात्र भन्दा छात्रा बढि सहभागी हुदैछन् । पश्चिमाञ्चलका १६ जिल्ला मध्ये सबैभन्दा बढी रुपन्देहीबाट १५ हजार ४ सय ३५ तथा सबैभन्दा कम मनाङबाट ७४ परिक्षार्थी सहभागि हुने अर्यालले बताए ।
पश्चिमाञ्चलमा परिक्षाको लागि ३ सय ८० परिक्षाकेन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परिक्षार्थी भएको रुपन्देहीमा ५२ र सबैभन्दा कम परिक्षार्थी रहेका मनाङ र मुस्ताङमा एक÷एक परिक्षा केन्द्र तोकिएको क्षेत्रिय निर्देशनालयका शाखा अधिकृत बद्री सुवेदीले जानकारी दिए । उनका अनुसार सबै केन्द्रमा प्रश्नपत्र र उत्तर पुस्तिका पुगिसकेको सुबेदीले बताए ।
परिक्षालाई मर्यादित र व्यवस्थित बनाउने क्रममा मर्यादा बिपरितका क्रियाकलाप गर्नेलाई एक लाख सम्म जरिवाना, ६ महिना कैद वा कसुरको मात्रा हेरी दुबै सजाय हुन सक्ने निर्देशक अर्यालले बताए । परिक्षा केन्द्रको सुरक्षाको लागि सबै जिल्ला र केन्द्रमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको पश्चिम क्षेत्रिय प्रहरी प्रमुख डिआईजी पंकज श्रेष्ठले बताए । उनका अनुसार सुरक्षा संबेदनशिलताको आधारमा एउटा केन्द्रमा कम्तीमा १० जना प्रहरीले शुरक्षा दिने बताए । यस बर्ष देशभरबाट पाँच लाख ७४ हजार ६ सय ८५ परिक्षार्थी सहभागि हुने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परिक्षाको लागि देशभर एक हजार ८ सय ६२ परिक्षा केन्द्र तोकिएको छ ।
कास्कीबाट १० हजारभन्दा बढीले एसएलसी दिँदै
१० जना दृष्टिविहीन र १२ जना सुस्तश्रवण भएका सहित कास्कीबाट १० हजार ९ सय २ जनाले विहिबार देखि सुरु हुने प्रवेशिका ९ एसएलसी ० परीक्षामा सहभागिता जनाउँदैछन् । पोखराको अमरसिँह नमूना उच्च माविमा रहेको दृुष्टिविहीन शाखाका ८ जना, लेखनाथ नगरपालिकाको जनप्रकाश उच्च माविबाट २ जना दृष्टिविहीन तथा लेखनाथ नगरपालिकामै रहेको सृजना बहिरा उच्च माविबाट १२ जना सुस्तश्रवण भएका विद्यार्थीले एसएलसी परीक्षामा सहभागिता जनाउन लागेको कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी गोविन्दराज पोखरेलले जानकारी दिए ।
फाराम भरेकामध्ये १ सय ६९ जना अयोग्य भएको जनाउँदै उनले परीक्षामा ५ हजार ३ सय १४ जना र ५ हजार ५ सय २५ जना छात्रा परिक्षामा सहभागीता जनाउदै छन् । जिल्ला शिक्षा कार्यालय कास्कीका अनुसार यस वर्ष कास्कीबाट नियमिततर्फ ९ हजार ६ सय ६० तथा एक्जाम्टेडतर्फ १ हजार १ सय ७९ र प्राविधिक तर्फ ६३ जना विद्यार्थीले एसएलसी दिँदैछन् । खुल्ला विद्यालयबाट पनि १ सय ७ जना विद्यार्थी परिक्षामा सहभागी हुँदैछन् । यो वर्ष विभिन्न अपराधमा जेल सजायँ भोगिरहेका ५ जनाले कास्की कारागार र त्यस्तै अपराधमा संलग्न भई कास्कीको सराङकोट गाविसमा रहेको बाल सुधार गृहमा राखिएका ५ जनाले पनि एसएलसी दिँदैछन् ।

कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी पोखरेलका अनुसार यस वर्ष कास्कीमा ३० वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । ति मध्ये ४ वटा कास्कीका विभिन्न गाविसहरुमा, ५ वटा लेखनाथ नगरपलिका र बाँकी २१ वटा पोखरा उपमहानगरपालिकामा रहेका छन् । यो वर्षको एसएलसी चैत १३ गतेसम्म चल्नेछ । परीक्षामा ३० जना केन्द्राध्यक्ष, ४८ जना मुख्य निरीक्षक, ४ सय ४८ निरीक्षक, १ सय ४९ सहयोगी र करीब ४ सय सुरक्षाकर्मी परिचालनको तयारी भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .