BREAKING NEWS

Saturday, March 21, 2015

पोखराको लभ्लीडाँडाका आदर्शवस्तीमा खानेपानीको अभाव, एक घण्टा टाढाबाट पानी बोक्दै स्थानीय

पोखरा, ७ चैत्र पोखरा उपमहानगर पालिका वडा नं. २६ लभ्ली डाँडा आर्दशवस्तीका बासिन्दाले खानेपानीको अभावमा दुखदायी अवस्था व्यहोर्नु परेको स्थानीयले बताएका छन् । पोखराको चिप्लेढुङ्गा बजारबाट २ कि. मि र प्रस्याङ्गचोकबाट पश्चिमतिर १० मिनेट पदयात्राको दुरीमा रहेको वस्तीका बासिन्दाहरुले १ घण्टा टाढाको कुवाबाट पानी बोक्ने गरेका छन् ।
धारापानी आदर्श वस्ती खानेपानी उपभोक्ता समितिले शुक्रबार पत्रकार सम्मेलन गरि वस्तीमा खानेपानीको व्यवस्था गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेका छन् । समितिका अध्यक्ष शिवप्रसाद कोइरालाले लामो समयदेखि खानेपानीको समस्या रहँदै आएको भए पनि सम्बन्धित निकायहरुले चासो नदिएको बताए । चिसाखोला सामुदायिक वन क्षेत्रमा रहेको कुवाबाट ल्याएको पानी ट्यांकीमा जम्मा गर्दै खाइरहेका भए पनि कुवा सुक्दै जाँदा समस्या परेको कोइरालाले जनाएका छन् ।
अहिले सो क्षेत्रका बासिन्दाले दैनिक एक घण्टा हिडेर डोकोमा पानी ल्याउने गरेको स्थानीय गोपाल खड्का बताउँछन् । आदर्श वस्तिकै धारापानी श्रोतवाट वजार क्षेत्रमा पानी लगिएको तर सो पानी प्रयोग गर्नवाट वञ्चित हुनु परिरहेको खड्काको भनाइ छ । सो वस्तीले धारापानीको स्रोत उपयोग गर्न पाउनु पर्नै माग गरेका छन् । खानेपानी उपभोक्ताहरुले आफ्नै खर्चमा धारापानीबाट पानी ल्याउन सर्भे डिजाईन नक्शान गरेका छन् । सो कार्यान्वयनको लागि खानेपानी संस्थान, जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय र उपमहानगरपालिकामा वडावाट योजना माग गरिएको स्थानीयको भनाइ छ ।
वस्तीमा २५० घरधुरी छन् । सो क्षेत्रमा वेदविद्याश्राम र गोपालधाम जस्ता शैक्षिक तथा धार्मिक स्थल पर्दछन् । उपभोक्ताहरुको गुनासो र माग खानेपानी मात्र रहेको तर नगरपालिकाले योजना तर्जुमा गर्दा खानेपानीको अभावलाई वेवस्ता गरी अन्य योजनाहरुलाई प्राथमिकता दिइएको उनीहरु बताँउछन् । सांसद विकास कोष तथा राष्ट्रिय योजना आयोगको दोस्रो भागको योजनामा र जिविसको तथा नगरपालिकाको कुनैपनि योजनामा वस्तीको खानेपानीको अभावलाई समावेस नगरिएको भन्दै उनीहरुले मागहरुको सुनुवाई गर्न आग्रह गरेका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .