BREAKING NEWS

Tuesday, March 17, 2015

लेखनाथमा सेभेन ए साइड फुटवल प्रतियोगिता शुरु

लेखनाथ ३ चैत्र
पोखरा क्षेत्र वाहिर सर्वाधिक राशिको सेभेन ए साइड फुटवल प्रतियोगिता मंगलवार देखी शुरु भएको छ । वि एन एस व्वाइज लेखनाथको आयोजनामा भएको प्रतियोगितामा २४ टिमको सहभागीता भएको छ । कार्यक्रमको उद्घाटन कार्यक्रममा वोल्दै प्रमुख अतिथी एवं प्रथम वि एन एस कपका मुख्य प्रयोजक मनकामना दर्शन प्राली
पोखराका प्रमुख राजेश गुरुङ्गले खेलकुदको विकासमा आफू सदैव सहयोग गर्न प्रविवद्ध रहेको र लेखनाथलाई खेलकुदको माध्ययमवाट विश्वमा चिनाउन कोशिस गर्न सम्पुर्ण लेखनाथवासीलाई आग्रह गरे ।
कार्यक्रम संयोजक अमन गुरुङ्ग (कान्छा)को सभापतीत्मा सम्पन्न कार्यक्रममा आदर्श युवा क्लवका अध्यक्ष विशाल श्रेष्ठ, मर्सि क्रप्स नेपालका परियोजना प्रमुख नविन लामिछाने, ङ्यो तमु धि लेखनाथका कोषाध्यक्ष सु नारायण सिह गुरुङ्ग, सैनिक वस्ती ग्रुप नं १ का अध्यक्ष सु चन्द्र व गुरुङ्ग, जनप्रकाश टोल विकास संस्थाका अध्यक्ष सु चन्द्र व गुरुङ्ग, नयाँ वस्ती मुल समाजका अध्यक्ष वल व गुरुङ्ग, लगाएतले वोलेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रमका सह संयोजक विनोद थापाले गर्नुका साथै कार्यक्रमको सञ्चालन पदम गुरुङ्गले गरेका थिए । मंगलवार भएको ३ खेलमा युनाइटेड शिशुवा एफ सी युके भर्सेस वि एन एस व्वाइज वी भएको खेलमा ३ का विरुद्ध २ गोल अन्तरले शिशुवा विजय भएको छ । त्यसै गरी व्रदर्श एफ सी भर्सेस लेखनाथ क्लवको खेलमा २ २ का वीच वरावरीटाईव्रेकरमा ३ २ ले व्रदर्श एफ सी विजय भएको छ । त्यसै गरी तेस्रो खेलमा ड्रिम एफ सी भर्सेस समर जंग भएको खेलमा ४ ० को विशाल अन्तरले ड्रिम एफसीले विजय भएको छ । उक्त खेलमा ड्रिम एफसीका खेलाडी सुनील वि कले प्रतियोगिताकै पहिलो ह्याट्रक गरेका छन् । वुधवार ८ वटा  खेल खेलाईने संयोजक अमन गुरुङ्गले जानकारी दिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .