BREAKING NEWS

Sunday, March 8, 2015

लायन्स तथा लियो क्लवको रक्तदानमा ४२ युनिट संकलन


लेखनाथ, २४फागुन
नारी दिवसको अवसर पारेर  लेखनाथ नगरपालिकाको बुढीबजारमा लेखनाथ लायन्स तथा लियो  क्लवले  आइतबार आयोजना गरेको रक्तदानमा ४२ युनिट रगत संकलन भएको छ । प्रमुख अतिथि गण्डकी मेडिकल कलेजका इन्र्चाज सन्तोष कुमार खनालले पहिलो रक्तदाता हरीकुमारी पोख्रेललाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको शुरुवात गरेका थिए । लेखनाथ लायन्स क्लवका अध्यक्ष जगत बरालको सभापत्तित्वमा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की रक्त संञ्चार केन्द्र पोखराका प्रतिनिधीहरुले रक्तदानको महत्व बताएका थिए भने स्वागत कार्यक्रम संयोजक बुद्धि बास्तोलाले गरेका थिए । कार्यक्रम सञ्चालन सचिव सूर्य नारायण बरालले गरेका थिए। उक्त कार्यक्रममा लेउवा संघका अध्यक्ष बाबुराम गिरी, लेखनाथ जेसिजका अध्यक्ष विनोद प्रसाद लामिछाने ,समाजसेवी एलके शर्मा पूर्व अध्यक्ष नरभूपाल रानाभाट लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .