BREAKING NEWS

Saturday, March 7, 2015

बेगनास फिस फेस्टिवलमा शनिबार दर्शकको उल्लेख्य चाप, पौडी प्रतियोगितामा उपेन्द्र प्रथम


लेखनाथ : प्रथम बेगनास फिस फेस्टिवलमा शनिवार ३५ हजार दर्शकले अवलोकन गरेका छन् । दर्शकको अधिक चापका कारण व्यवस्थापन गर्न आयोजकलाई हम्मे हम्मे परेको थियो । सानो ठाउँ, अधिक दर्शक व्यवस्थापन गर्न कठिनाई भयो, आयोजक समितिका संयोजक दुर्गाप्रसाद अधिकारीले भने—“फिस फेस्टिबल सोचे अनुरुप दोश्रो दिन सफल भयो ।” फेस्टिवलमा बेगनास बसपार्क देखी मन्धरेपार्क सम्म सडकमै राखिएका खानाका स्टलमा दर्शकहरुको चाप अधिक देखिएको थियो । माछाका पारखीहरु विभिन्न परिकारमा झुम्मिएका थिए । फेस्टिवलमा एक दिनको विदा मनाउन परिवारसहित आउने दर्शकको संख्या उल्लेख्य रहेको थियो । फेस्टिवलमा शनिबार मात्रै झण्डै तीन हजार केजी माछाको विक्री भएको आयोजकले दावी गरेका छन् । प्राय सवै रेष्टुरेण्टमा राम्रो व्यापार भएको एभरग्रिन रेष्टुरेण्टका संचालक पुरुषोत्तम अधिकारीले बताए ।
फेस्टिवलको अर्को आकर्षणको रुपमा रहेको खुल्ला पौडी प्रतियोगितामा उपेन्द्र गिरी प्रथम भएका छन् । उनले निर्धारित ३ सय मिटरको दुरी ४ दशमलव १९ सेकेण्डमा पार गरेका थिए । प्रतियोगितामा सन्तोष राईले ४ दशमलव ४१ सेकेण्डमा उक्त दुरी पार गरी द्धितिय तथा चेतन जलारीले ४ दशमलव ५६ सेकेण्डमा पार गर्दै तृतिय तथा अर्जुन जलारी सान्तवना भएका छन् । उनले ५ मिनेटमा निर्धारित दुरी पार गरेको पौडी प्रतियोगिताका संयोजक नवराज ओझाले जानकारी दिए ।
यसैगरी महिला तर्फ १ सय ५० मिटरको निर्धारित दुरी ३ दशमलव ४४ सेकेण्डमा पार गर्दै विमला पाण्डे प्रथम भएकी छन् । त्यसैगरी अनिता हिमालीले ४ मिनेट र निर्मला कंडेलले ५ मिनेटमा उक्त दुरी पार गर्दै द्धितिय र तृतिय भएको सह संयोजक शिव घिमिरेले जानकारी दिए । पुरुष तर्फ १४ र महिला तर्फ ७ जनाले पौडी प्रतियोगितामा भाग लिएका थिए ।
शुक्रबार भएको डुंगा दौड प्रतियोगितामा पुष्प जलारीले २८ मिनेटमा करिव ५ किलोमिटरको दुरी पार गर्दै प्रथम भएका थिए । सरल न्यौपाने द्धितिय, सफल न्यौपाने तृतिय र चन्द्र बास्तोला सान्तवना भएका थिए । उनिहरुले उक्त दुरी २८ मिनेट १० सेकेण्ड, २९ मिनेट र ३० मिनेट २० सेकेण्डमा पार गरेका थिए । डुंगा दौडमा २५ जना पुरुषले सहभागिता जनाएको ओझाले जानकारी दिए । महिला तर्फ १० जनाले भाग लिएकामा बसुमाया जलारी प्रथम भएकी थिईन उनले ३१ मिनेटमा निर्धारित दुरी पार गरेकी थिईन । यसैगरी विना नेपालीले ३६, पूर्णा हिमालीले ४१ र रेखा जलारीले ४८ मिनेटमा दुरी पार गरी द्धितिय, तृतिय र सान्तवना भएका छन् ।
फेस्टिवलमा शनिवार विष्णु माझी, तारापति सुवेदी, शिवहरी ढुंगानाले गित संगित प्रस्तुत गरेका थिए । मन्धरे पार्क किनारमा सहिमा श्रेष्ठले युवा दर्शकलाई तपाएकी थिईन । फेस्टिवलमा मिनि चिडियाघरको बालबालिकाले उल्लेख्य रुपमा अवलोकन गरेका थिए ।
पहिलो पटक आयोजना गरिएको महोत्सवमा बेगनास, रुपा र स्थानीय कृषकले पोखरीमा पालेका माछाको विक्रीको प्रवन्ध मिलाईएको गोविन्द जलारीले जानकारी दिए ।
त्रिदिवसिय महोत्सव आइतबार सकिनेछ । आइतबार पनि दर्शकको उल्लेख्य सहभागिता रहने फेस्टिवलका निर्देशक किरण खनालले विश्वास व्यक्त गरेका छन् । थकाली खाना पनि दर्शकको रोजाइमा परेको मार्फा थकाली भान्सा घरका विसु लालचनले बताईन ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .