BREAKING NEWS

Saturday, March 14, 2015

ललितपुरमा अचम्म र डरलाग्दो दुर्घटना, कारमा २० फिटको डण्डी पस्यो

मादक पदार्थ सेवन गरी ट्राफिक प्रहरीलाई छल्न खोज्दा शनिवार बिहानै एउटा कार भयानक दुर्घटनामा परेको छ । ललितपुरको झम्सिखेलमा तीव्र गतिमा रहेको कार भित्र २० फिटको डन्डि पसेपनि चालक भने सकुशल छन् । 
यस्तो दुर्घटना सिनेमाका दृश्यमा मात्र हुन्छन् । तर यो कुनै सिनेमा होइन् । यो ललितपुरको झम्सिखेलमा भएको कार दुर्घटना देख्दा ट्राफिक प्रहरी नै आश्चर्यमा परेका छन् । बौद्ध स्थायी घर भएका २८ वर्षिय निमा शेर्पाले मदिरा सेवन गरी सवारी हाँकेका कारण यस्तो दुर्घटना भएको ट्राफिक प्रहरीले बताएको छ । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .