BREAKING NEWS

Saturday, March 21, 2015

पहिलो वि एन एस कप आयोजकलाई


लेखनाथ ७ चैत्र
लेखनाथमा भएको सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधी आयोजक वि एन एस क्लवले जितेको छ । उपाधी सँगै पचास हजारको नगद र ट्रफी हात पारेको छ र उपविजेता ड्रिम एफ सीले नगद पच्चिस हजार र ट्रफी हात पारेको छ ।शनिवार भएको खेलमा ड्रिम एफ सी र आयोजक वि एन एस विचको खेलमा १ का विरुद्ध २ गोल गर्दै उपाधी आयोजकले नै राखेको छ ।
उक्त खेलमा सर्वाधिका गोलकर्ता वि एन एस का विशाल गुरुङ्ग, उत्कृष्ठ गोल किपर वि एन एस कै विमल तिमिल्सेना, उत्कृष्ठ खेलाडि ड्रिम एफ सी का सुनिल विकले हात पारे ।
कार्यक्रमको मुख्य प्रायोजक पोखरा मनकामना केवलकारका सञ्चालक राजेश गुरुङ्गको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरी, नेपाली काग्रेस नगर सभापती राजेन्द्रमणी लामिछाने, नेकपा एमालेका नगर अध्यक्ष मोहन गुरुङ्ग, अखण्ड नेपाल पार्टी लेखनाथ नगर अध्यक्ष मोती गिरी लेखनाथ खेलकुद विकास समितीका अध्यक्ष चेतप्रसाद गुरुङ्ग, ङ्यो तमुधिका अध्यक्ष जंग वहादुर गुरुङ्ग, भुपु सैनिक क्लव लेखनाथका अध्यक्ष मे रामप्रसाद गुरुङ्ग, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपाने लगाएतकाले वोलेका थिए । कार्यक्रम संयोजक अमन गुरुङ्ग (कान्छा)को सभापतीत्मा सम्पन्न कार्यक्रमको सञ्चालन पदम गुरुङ्गले गरेका थिए । पोखरा क्षेत्र वाहिर सर्वाधिक राशिको सेभेन ए साइड फुटवल प्रतियोगितामा २४ टिमको सहभागीता रहेको थियो । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .