BREAKING NEWS

Saturday, March 7, 2015

प्रथम बेगनास फिस फेस्टिवल आज सकिदै



लेखनाथ : बेगनासताल जाऔ, माछाको परिकारमा रमाऔ भन्ने नाराका साथ लेखनाथको बेगनासतालमा संचालित प्रथम बेगनास फिस फेस्टीबल आज सकिदैछ ।
माछाका विभिन्न परिकार विशेष रहेको एवं आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले फेस्टिवलको आयोजना गरिएको हो । शनिवार फेस्टिवलमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो ।
अन्तिम दिन आइतबार पनि विदा परेकाले दर्शकको उल्लेख्य चाप हुने आयोजकले अपेक्षा गरेका छन् । फेस्टिबलका कारण बेगनासताल क्षेत्रका होटल तथा रेष्टुरेण्टले सडकमै खाने बस्ने व्यवस्था मिलाएका छन् । फेस्टिवलमा स्थानीय होटल तथा रेष्टुरेण्टका बाहेक जैविक विविधता लगायत विभिन्न प्रकारका ४० वटा स्टल राखिएका छन् । बाललिकाका लागि बालउद्यान, चिडिया घर, डुङ्गा शयर, सांस्कृतिक कार्यक्रम राखिएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .