BREAKING NEWS

Monday, March 30, 2015

मुम्वई एयरपोर्टमा गुड्दागुड्दैको जहाँजवाट एक यात्रु हाम फाले

एजेन्सी– मुम्वई एयरपोर्टमा अवतरण गर्न धावनमार्गमा गुडीरहेको जहाँजवाट एक यात्र हाम फालेका छन् । गुडिरहेको जेट एयरवेजको आपततकालिन ढोका खोली निस्केका यात्र पंखाबाट कुदेर धावनमार्गमा हामफालेका थिए । धावनमार्गवाट तिबै गतीमा दौडेर विमानमस्थलवटा बाहिरीने क्रममा ति यात्रुलाई प्रहरीले पक्राउ गरेको थियो । अन्य यात्रुको ज्यान समेत जोखिममा पारेको भन्दै २७ बर्षिय आकाश जैन हाल प्रहरी नियन्त्रणमा छन् । प्रहरीका अनुसार जैन ३० हजार रुपैयाँ लिएर घरवाट भागेका थिए । घरवाट भाग्ने वेला उनले मुम्वई हुँदै गोवा जाने योजना बनाएका थिए । प्रहरीका अनुसार उनले पुने पुगपछी योजना परिवर्तन गरेका थिए । घटनापछी प्रहरीले जालान्धर बस्दै आएका उनका परिवारसँग सम्पर्क गरेको थियो । परिवारले उनि हराएको भन्दै स्थानीय प्रहरीमा खवर गरिसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । जैन चन्डिगढ–मुम्वई उडान नम्बर ९ डब्लु ४६९ बाट पार्किङ वेमा जहाज गुडीरहेको बेला हामफालेको जेट एयरवेजले पुष्टि गरीसकेको छ । -

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .