BREAKING NEWS

Sunday, March 29, 2015

पत्रकार कुटपिट र तोडफोडको भत्र्सना

पोखरा, १५ चैत /तीस दलिय मोर्चाले आइतवार पोखरामा प्रर्दशन गरेको लाठ्ठी जुलुशको समाचार संकलन गर्न गएका कान्तिपुर टेलिभिजनका पत्रकार इन्द्र पौडेल माथी प्रहरीले कुटपिट गरेको घटना प्रति पत्रकार महासंघ कास्कीको ध्यानाकर्षण भएको छ । पत्रकार पौडेलका अनुसार न्युरोडमा भएको झडपको भिजुअल खिचिरहेको बेलामा प्रहरीले–“हामीले पिटेको मात्रै खिच्ने” भन्दै कुटपिट गरेको थिए । पत्रकार महासंघ कास्कीले प्रहरीलाई यस्ता घटना नदोह¥याउन सचेत गराउँदै घटना प्रति खेद प्रकट गर्छ र स्वतन्त्र पुर्वक समाचार संकलन गर्ने वातावरण बनाउन नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली द्धारा जारी विज्ञप्तीमा उल्लेख छ । जुलुशमा सहभागी तीस दलिय मोर्चाका कार्यकर्ताहरुले पत्रकार महासंघ कास्कीका सल्लाहकार राजबहादुर गुरुङ्गको पोखराको न्युरोडमा पार्किङ्ग गरी राखेको प्राइभेट कारमा तोडफोड गरेका छन् ।
सल्लाहकार गुरुङका अनुसार रोक्दा रोक्दै पनि आन्दोलनकारीले कारको सीसा फुटाएका छन् । पत्रकार महासंघ कास्की तीस दलिय मोर्चालाइ यस्ता घटना नदोहो¥याउन सचेत गराउदै घटना प्रति खेद प्रकट गरेको छ ।
त्यसै गरि प्रेस चौतारी नेपाल कास्कीले विज्ञप्ती जारी गर्दै आन्दोलनको समाचार संकलन गर्न गएका चौतारीका सदस्य तथा कान्तिपुर टेलिभिजनका पत्रकार ईन्द्र पौडेलमाथि प्रहरीले गरेको कुटपिटको निन्दा एवम भत्र्सना गरेको छ । तीस दलीय मोर्चाले आइतबार गरेकोे लाठ्ठी जुलुशको समाचार संकलन गर्न गएका पत्रकार पौडेललाई न्यूरोडमा प्रहरीले कुटपिट गरेको थियो ।
पौडेलमाथि कुटपिट गरेको घट्नाप्रति ध्यान आकर्षण भएको उल्लेख गर्दै सचिव अर्जुन गिरीले प्रकाशित विज्ञप्तीमा त्यस्ता घट्ना नदोहोराउन नेपाल प्रहरी तथा सुरक्षा निकायलाई सचेत गराइएको छ ।
विज्ञप्तीमा कुनै पनि घट्नाको समाचार संकलन तथा छाँयाकन गर्न पुगेका पत्रकारलाई निर्वाध रुपमा काम गर्ने वातावरण बनाउन आन्दोलनरत पक्ष र नेपाल प्रहरीसँग जोडदार माग गरिएको छ । साथै पत्रकारलाई कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्न नेपाल सरकारसँग माग समेत गरिएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .