BREAKING NEWS

Saturday, March 28, 2015

तेश्रो साउथ एशियन ट्रायथोलन च्याम्पियन शिपको उपाधि भारतका इल मनिषलाई



लेखनाथ : पर्वतीय खेलकुद प्रतियोगिता अन्र्तगत नेपाल ट्रयाथोलन एशोसियन नेपालले आयोजना गरेको तेस्रो साउथ एशियन ट्रायथोलन च्याम्पियन शिपको उपाधि भारतका इल मनिषले जितेका छन ।
लेखनाथको बेगनासतालमा आयोजना गरिएको प्रतियोगितामा १५ सय मिटर पौडी, ४० किलोमिटर साइक्लिङ र १० किलोमिटर दौड दुई घण्टा ४० मिनेट १९ सेकेण्डमा दुरी पुरा गर्दै उनले उपाधि जितेका हुन् । प्रतियोगितामा २ घण्टा ४२ मिनेट २१ सेकेण्डमा दुरी पुरा गरी नेपालआर्मीका टिकाराम थापा दोस्रो भए भने २ घण्टा ४८ मिनेट १३ सेकेण्डमा दुरी पुरा गदै नेपाल आर्मीकै रुद्र कटुवाल तेस्रो भए । उनीहरुले मेडल सहित अवार्ड प्राप्त गरे ।
त्यस्तै साउथ एशियन महिला ट्रायथोलनमा ६ जना प्रतियोगीलाई पछि पार्दै भारतकी पुजा चौरासियाले उपाधि जितेकी छन् । सातसय मिटर पौडी, १० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड एक घण्टा ३३ मिनेट ४६ सेकेण्डमा पुरा गदै उपाधि जितेकी हुन् । त्यस्तै भारतकै नेक लिङवानीले एक घण्टा ५१ मिनेट २८ सेकेण्डमा दुरी पुरा गदै उपविजेता भइन् भने एक घण्टा ५७ मिनेट ८ सेकेण्डमा दुरी पुरा गर्दै नेपालकी केसरी थापा मगर तेस्रो भईन । त्यस्तै प्रतियोगिता अन्र्तगत ७ सय ५० मिटर पौडी, १० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड तय गरिएको स्प्रिन्टमा वसन्त थारु १ घण्टा २६ मिनेट १९ सेकेण्डमा दुरी पुरा गदै प्रथम भए ।
त्यस्तै हिमाल टमटाले १ घण्टा २९ मिनेट ५३ सेकेण्डमा दुरी पार गदै दोस्रो भए भने खेमवहादुर कुमार १ घण्टा ३२ मिनेट ३१ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो भए । महिला स्प्रिन्ट तर्फ ब्रोलयान रुसेल पहिलो हुँदा क्रमश प्रतिक्षा रोकाय र ड्यागिल न्युपलले दोस्रो र तेस्रो स्थान प्राप्त गरे । त्यस्तै द्धवाथलन प्रतियोगितामा पुरुष तर्फ मनवहादुर थापा मगरले २ घण्टा ३ मिनेटमा दुरी पार गर्दै उपाधि जिते भने महिला तर्फ पुष्प कुमारी भण्डारीले २ घण्टा ३८ मिनेटमा दुरी पुरा गर्दै उपाधी हात पारीन । स्टान्डर ट्रयाथोलन पुरुष तर्फ विल्सन लोले २ घण्टा ४५ मिनेटमा दुरी पार गर्दै उपाधि जिते भने महिला तर्फ जेहुवी यानले ३ घण्टा २७ मिनेटमा दुरी पुरा गर्दै उपाधी हात पारीन । प्रतियोगितामा विजयी खेलाडिलाई प्रमाण पत्र सहित अवार्ड प्रदान परएिको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .