BREAKING NEWS

Tuesday, March 24, 2015

सिटीले चितवनको मालपोत चोकमा खोल्यो शाखा, आन्तरिक राजस्वका महानिर्देशकले गरे उद्घाटन


काठमाडौं । सिटी डेभलपमेण्ट बैंकले चितवनको मालपोत चोकमा शाखा खोलेको छ । बैंकको यो तेह्रौं शाखा हो । आन्तरिक राजस्व बिभागका महानिर्देशक चुडामणी शर्माले शुक्रबार शाखा उद्घाटन गरेका हुन् ।

यो शाखाबाट बचत तथा कर्जाका साथै आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने जानकारी बैंकले दिएको छ ।  शाखा उद्घाटन समारोहमा नारायणी नमुना उच्च माबिका सुस्त मनस्थितिका विद्यार्थीलाई युरोगार्ड, चितवन माबि का बहिरा बिद्यार्थीलाई स्टेसनरी र आमा समुहलाई डस्बीन बितरण गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए । बैंकले प्रधान कार्यालय पोखराको चिप्लेढुङ्गामा छ । ट्याक्सीचोक बगर, अमरसिंहचोक पोखरा, मिलनचोक हेमजा, भिमाद बजार तनहुँ, भोटेओडार लमजुङ, दमौली तनहुँ, नागडाँडा कास्की, तुरतुरे तनहुँको साथै मनाङको चामेबजारमा शाखा सञ्चालन गरेको छ । त्यस्तै लेखनाथको शिशुवा, चितवनको नारायणगढ र बाग्लुङको महेन्द्रपथ गरी जम्मा १३ शाखा मार्फत बैंकिङ सेवा सञ्चालन गरिरहेको प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .