BREAKING NEWS

Saturday, March 21, 2015

सिन्डिकेटका कारण उपभोग्य वस्तु ठग्गीय

पोखरा, ६ चैत/व्यावसायीको सिन्डिकेटका कारण उपभोक्ताले सही रुपमा उपभोग्य वस्तुको उपभोग गर्न नपाएको पोखरामा आज आयोजित कार्यव्रmममा बोल्ने वक्ताहरुले गुनासो गरेका छन् । २९ औँ अन्तर्राष्टिय उपभोक्ता अधिकार दिवसका सन्दर्भमा उपभोक्ता मञ्च कास्कीले आयोजना गरेको कार्यव्रmमका वक्ताहरुले विभिन्न क्षेत्रमा विद्यमान सिन्डिकेटकै कारण उपभोक्ताहरु ठगिने गरेको बताएका हुन् ।स्वस्थकर खानाः सबैको अधिकार भन्ने नारा भए पनि सिन्डिकेटका कारण नुनदेखि सुनसम्मको एकाधिकारले उपभोक्ताले अधिकार प्रयोग गर्न नपाएको उनीहरुले बताएका छन् । दैनिक उपभोग्य सामग्रीहरुमा समेत सिन्डिकेटको प्रभावलाई राज्यले हटाउन नसक्दा ग्यास, पेटोल, दुध, यातायातलगायतमा उपभोक्तहरु प्रत्यक्ष मारमा पर्दै आएका छन् । कार्यव्रmममा वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक शम्भु कोइरालाले जनताले उपभोग गर्ने वस्तुहरुमा राज्य गम्भीर भएर अनुगमन कार्यलाई प्रभावकारी बनाउँदै लगेको बताउनुभयो ।
उहाँले भन्नुभयो, मानिसहरुको सोचमा परिवर्तन नआएसम्म अनुगमनले मात्रै उपभोक्ताले राहत पाउन सक्दैनन् ।’ उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता मञ्च कार्वाही गर्ने निकाय नभई आवाज उठाउने निकाय भएकाले समाधानभन्दा राज्यलाई झकझक्याउने निकाय भएको बताउनुभयो । कास्की प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर रावतले छोटो समयमा धेरै पैसा कमाउने मोहले ब्यवसायी द्धारा उपभोक्ताहरु शोषीत भएको वताउनु भयो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .