BREAKING NEWS

Saturday, March 21, 2015

गोर्खा सैनिकमाथि विभेद


पोखरा
गोर्खा भर्तीको दुई सय वर्ष पुगेको उपलक्ष्यमा हुन लागेको समारोह बहिस्कार गर्ने गोर्खाहरुले बताएका छन् । गोर्खा सत्याग्रह संघर्ष समितीले यसको विरोध गरेको हो । पोखरामा पत्रकार सम्मेलन गर्दै अभियानका अभियन्ता ज्ञानराज राईले आफुहरुले विभेदका विच उत्सव नमनाउने बताए । भने ।।।हामीले गोरासरह बेलायतको आर्मीमा अधिकार पाएका छैनौ, किन उत्सव मनाउने ?’ विचारको लडाइमा अगाडि बढेको कारण यस्को अन्त्य समान ज्यालाको समान काम पाएपछि मात्र हुने राईले बताए । यसको विरोधमा समितीले २६ तारिखमा काठमाडौमा आन्दोलन गर्दैछ । बेलायतमा लडाई भएपनि यहा“ पिडित गोर्खा र उनीहरुको परिवारलाई बुझाउनको लागि आन्दोलन गर्न लागिएको समितीले जनायो । भाषाको कारण वेलायतमा बृद्धहरु हप्तौसम्म डाक्टर भेटन नसकेको र स्याहार नपाएको राईले गुनासो गरे । छोराछोरीले भिषा नपाउ“दा बृद्धाहरु एक्लै भएको उनीहरुले बताए । मरेका गोर्खा आर्मीका छोराछोरीले वेलायत जान नपाएकोले विभेद गरेको त्याग्रह समिती पोखराका अध्यक्ष जुदबहादुर गुरुब बताए । भने ।।।मरेका आर्मीका छोराछोरीले किन आवेदन दिन नपाउने ?’
बेलायतमा विभिन्न समस्या भएको र विभेद हटाउन नेपालीले लड्नुपर्ने कारण भए पनि नेपाली एकता कम हु“दै गएको संस्थाका सल्लाहाकार प्रेमबहादुर गुरुबले बताए । भने ।।।जव लडाई हुन्थ्यो नेपालीले गोली चलाएर जिते, अनी अधिकार माग्दा नदिने ?’ मानवअधिकारको कुरा गर्दै हिड्ने बेलायतले नेपालीलाई गरेको व्यवहार निकै दुख लाग्दो भएको प्रेमको अनुभव छ । श्रीमतीले घरमा एक्लै दुख गरेर बस्नु पर्ने श्रीमान विदेशमा विभेदमा पर्ने कारण उनीहरु बढि दुख पाएका छन् । गोर्खाका श्रीमतीले १५ वर्षमा मुस्किलले २ वर्ष श्रीमानस“ग बस्न पाउने पुष्पा राणा (गुरुब)ले बताइन । उनले भनिन ।।।हामीले पाएको दुखको क्षतिपुर्ती बेलायत सरकारले दिनुपदेर्न ?’ महिलाहरु समेत समिती बनाएर यस आन्दोलनमा लाग्ने राणाले बताइन ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .