BREAKING NEWS

Wednesday, March 11, 2015

सिटीको शेयर सुचिकृत

फाल्गुन २७
सिटी डेभलपमेण्ट बैंक लिमिटडले गत कात्तिक महिनामा निष्काशन गरेको साबिक शेयरधनीहरुको लागी १० कित्ता बराबर ३ कित्ता हकप्रदको ९ लाख २४ हजार कित्ता शेयर नेपाल स्टक एक्स्चेञ्जमा सुचिकृत भएको छ । आर्थिक बर्ष २०७०/०७१ को मुनाफाबाट वितरण गरिएको २२ प्रतिशत बोनस सेयर समेतबाट बैंकको जम्मा चुक्त पुँजी ४६ करोड ६० लाख ८१ हजार पुगेकोे छ ।
२०७१ पौष मसान्त सम्ममा रु ४ अर्ब ३३ करोड निक्षेप संकलन तथा रु ३ अर्ब ६४ करोड कर्जा लगानी र रु. ८ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन  गर्न सफल भएको बैंकको प्रधान कार्यालय सहित १३ वटा शाखाबाट सेवा प्रदान गर्दै आइरहेको र कुश्मीसेरा बाग्लुङ्ग, लामाचौर कास्की, बन्दीपुर तनहुँ र  मालपोत चोक चितवन गरि ४ वटा शाखा सिघ्र संचालनमा रहेको समेत बैंकले जनाएको छ ।
विगत आठ वर्ष देखि समय सापेक्ष प्रविधिहरुको प्रयोग गर्दै, सुरक्षित आधुनिक तथा ग्राहकमुखि बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकले आगामि दिनमा नेपाल राष्ट्र बैंकका मार्ग निर्देशनहरुलाई पालाना गर्दै अझ विश्वसनिय तथा प्रभावकारी सेवा प्रदान गर्ने तथा विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिवद्धता जनाएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .