BREAKING NEWS

Saturday, March 14, 2015

लेकसिटी युथ क्लवको रक्तदानमा २७ युनिट संकलन

लेखनाथ, ३०फागुन ।
आफ्नो वार्षिक कार्यक्रम अन्तरगत  लेखनाथ नगरपालिकाको  तालचोकमा लेक सिटी युथ क्लवले  शनिबार आयोजना गरेको रक्तदानमा २७ युनिट रगत संकलन भएको छ । प्रमुख अतिथि लेखनाथ नगरपालिकाका कार्यकायी अधिकृत रामचन्द्र पौडेलले पहिलो रक्तदाता नविन गुरुङ्ग लाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको शुरुवात गरेका थिए ।
क्लवका अध्यक्ष  श्री रोशेष श्रीषको सभापत्तित्वमा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की रक्त संञ्चार केन्द्र पोखराका प्रतिनिधी महेन्द्र केसीले रक्तदानको महत्व बताएका थिए भने स्वागत कार्यक्रम संयोजक  रविन सुनारले गरेका थिए । कार्यक्रम सञ्चालन सचिव सन्दिप पौडेलले गरेका थिए। उक्त कार्यक्रममा लेउवा संघका अध्यक्ष बाबुराम गिरी ,समाजसेवी एलके शर्मा ,संस्थापक अध्यक्ष शुरजजंग राणा लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .