BREAKING NEWS

Wednesday, March 11, 2015

लेखनाथ को भण्डारढिक मा सेभेन ए साइड फुटबल हुने

लेखनाथ, २७ फागुन
कास्की जिल्लाको दक्षिण पूर्वी भागमा साहित्यिक स्रष्टा कविशिरोमणि लेखनाथ पौडेलको नामबाट नामांकन गरिएको लेखनाथ नगरपालिकालाई सात तालको वगैंचा शहरको रुपमा विकास गर्ने लक्ष्यका साथ भण्डारढिक,
सैनिकबस्तीका खेलप्रेमी युवाहरुको आयोजना तथा आर्दश युवा क्लवको संयोजनमा खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आगामी चैत्र ३ देखि ७ गते सम्म आयोजना हुन लागेको फुटबल प्रतियोगिता को जानकारी दिने उद्देश्यले बुधवार आर्दश क्लव परिसरमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका सभापति तथा संयोजक अमन गुरुङ्गले लेखनाथलाई पर्यटकीय र खेलकुदको राजधानी वनाउने र रंगाशाला वनाउने उद्देश्यमा टेवा पुगोस् भन्दै खुल्ला सेवेन ए साइड फुटवल प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।   यस्तै आदर्श युवा क्लवका उपाध्यक्ष रोशन अधिकारीले लेखनाथ नगरपालिकामा पर्यटन प्रर्वद्धनलाई टेवा पुर्याउनको  लागि  खेलकुदको माध्यमवाट यस क्षेत्रको
विकासमा टेवा पुर्याउने हेतुले विविध कार्यक्रम गर्दै आएको जानकारी दिए पत्रकारहरुका जिज्ञासाको उत्तरदिदै प्रशिक्षक विनोद थापाले सम्पूर्ण संघसंस्था तथा सञ्चारकर्मीहरुको सहयोगको अपेक्षा गरे । प्रतियोगिताका लागि मुख्य प्रायोजक रु.७५,००० हजार पोखरा मनकामना केबलकारका तर्फ बाट तथा द्धितिय पुरस्कार समाजसेवी प्रबल जंग राणाले प्रायोजन गर्ने समेत उनले जानकारी दिए । क्लवका सदस्य पदम गुरुङ्गले संचालन गरेको पत्रकार सम्मेलनमा बोल्दै तमुधिं लेखनाथका अध्यक्ष जंग वहादुर गुरुङ्ग,  आदर्श क्लवका सचिव लक्ष्य भण्डारी लगाएतले खेलकुदको विकासमा जोड दिनुपर्ने बताए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .