BREAKING NEWS

Wednesday, March 4, 2015

कास्कीमा १० प्रतिशतले सुन्तला उत्पादन घट्यो


पोखरा, फागुन २०  गते ।
कास्कीमा सुन्तला उत्पादन घट्दै जान थालेको छ । सुन्तला उत्पादन राम्रो हुँने जिल्ला मध्येमा पर्ने कास्कीमा पछिल्ला बर्षहरुमा भने उत्पादन घट्दै जान थालेको छ । कास्कीमा गत बर्ष भन्दा यस बर्ष करिव १० प्रतिशतले उत्पादन घटेको हो । जिल्ला कृषि विकास कार्यालय कास्कीका वागवानी विकास अधिकृत मनहर कडरीयाले भने,‘कास्कीमा सुन्तला ह्रास हुँदै गएको छ । पकेट क्षेत्र भनेकै गाविस मुख्य आक्रान्त बन्यो । जसका कारण उत्पादन घट्यो ।’ यो बर्ष कास्कीमा ६ हजार २ सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत बर्ष ६ हजार ७ सय भन्दा बढी सुन्तला उत्पादन भएको थियो । समग्रमा बर्षेनी १० प्रतिशतका दरले उत्पादन घट्दै जान थालेको कार्यालयको तत्थ्याङ्क छ । कास्कीमा गएको बर्ष ८ सय २० हेक्टरमा सुन्तला फलेका थिए भने यो बर्ष घटेर ८ सय ५ हेक्टरमा मात्र सुन्तला फलेको हो ।
कास्कीको भरतपोखरी, निर्मलपोखरी, थुम्की, हंसपुर लगायतका सुन्तला उत्पादनको पकेट क्षेत्रमै सुन्तला उत्पादन न्यून रहेको हो । ‘बोट मर्ने, रोगकिराको समस्या, व्यवस्थापनको कमी र सुन्तला व्यवसायबाट किसानहरु पलायन हुँदै गएका कारण उत्पादन भएन’ कडरियाले भन्नुभयो । कडरियाका अनुसार सुन्तला खेतिमा भयावहकै अवस्था आएको छ । पुराना बोट मर्दै गएका छन् तर नयाँ लगाइएको छैन । सुन्तला खेतिबाट किसानहरु पलायन भई अन्य खेति तर्फ लागेको जिल्ला कृषि विकास कार्यालय कास्की बताउँछ । कास्कीको सुन्तला उत्पादन हुने पकेट क्षेत्र भनिएको १० गाविसमा समेत बोट मर्दै गएका छन् ।
सुन्तलामा लाग्ने रोग तथा किरा नियन्त्रण र सुन्तलाका वोट परिक्षणका लागि गाउँ गाउँमा सुन्तला उत्पादक समुह गठन गरिएको भएपनि यसको उपलब्धि नदेखिएको हो । १० वटा गाविसमा परिक्षणका लागि बगैचा नै निर्माण गरी जिल्ला कृषि विकास कार्यालयले काम गरेको थियो । परिक्षण बगैचाबाट आएको नतिजालाई अन्य गाविसमा पनि विस्तार गर्ने योजना कार्यालयको थियो । ‘परिक्षण ग¥यौं, सुझाव र बगैचा व्यवस्थापनको काम पनि ग¥यौं । तर, किसान कै चासो कम भएपछि हाम्रो केही लागेन’ अधिकृत कडरियाको भनाई छ ।
कार्यालयले अहिलेको स्थानीय जातको सुन्तलाको विकल्पमा किन्नु र उन्सु जातका सुन्तला परिक्षणका लागि नमुना वगैचा पनि बनाएको छ । २ रोपनी क्षेत्रफलमा कार्यालयले गराएको नमुना बगैचा पनि नमुना बन्ने संकेत देखिएको छैन । यसको नजिता आउन अरु दुइ बर्ष कुर्नुपर्ने कार्यालयले बतायो ।
सुन्तलाको क्षेत्रफल र उत्पादन घट्दै गएपछि कार्यालयले वगैचा व्यवस्थापन तथा शुद्धिकरणको कार्यक्रम पनि ल्याएको छ । यस कार्यक्रममा गएको बर्ष ३८ लाख रुपैयाँ खर्च भएको छ यो बर्ष पनि यस कार्यक्रमका लागि १८ लाख रुपैयाँ छुट्टाइएको छ । शुद्धिकरण कार्यक्रमका लागि लाखौं रुपैयाँ खर्च गरिएपनि उपलब्धि न्यून छ । सुन्तलाको बगैचा र उत्पादन झन्झन् घट्दै गएपनि लाखौं रुपैयाँको लगानी खेर जाने देखिएको छ । ‘केही हुँदै नभएको भन्न मिल्दैन तर, सोंचे जति प्रगति नभएको मात्र हो’ अधिकृत कडरियाले भन्नुभयोे ।
सुन्तलाको टुप्पो मर्ने, फेद कुहिने, पात पहेंलिएर झर्ने र विस्तारै बोट मर्ने धेरै समस्या देखिएको छ । लाही तथा कत्ले किराका कारण सुन्तलामा टुप्पो मरेको तथा सुन्तलाको वोटको फेदमा पानी जमेका कारण फेद कुहिएको कार्यालय बताउँछ् । यस्तो समस्या हटाउन १ लिटर पानीमा १० मिलिलिटर सर्वोआयल नामक विषादी मिसाएर छरिएको र सुन्तलाको फेदमा पानी जम्न नदिनका लागि अपनाउनु पर्ने सावधानीका वारेमा किसानलाई जानकारी गराइएको वरिष्ठ कृषि विकास अधिकृत रमेशप्रसाद कोइरालाले बताउनुभयो । कास्कीमा उत्पादित सुन्तला पोखरा मै खपत हुने गरेको छ । कास्कीको मागलाई थोरै मात्र पुरा गरेको छ भने बाहिरी जिल्ला तथा भारतका सुन्तला पोखरामा आउने गरेको छ । कास्कीमा ३ सय किसानले सुन्तला खेली गदै आएका छन ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .