BREAKING NEWS

Sunday, March 1, 2015

बेगनास फिस फेिस्टबलको पत्रकार सम्मेलन ,तयारी अन्तिम चरणमा


लेखनाथ, १७फागुन
समग्र पोखरा उपत्यकाको आन्तरिक एवं बाहय पर्यटन पर्वद्धन तथा माछा ब्यवशायमा सहयोग पु¥याउने उदेश्यले फागुन २२देखि २४गते सम्म संचालन हुने प्रथम बेगनास फिस फेस्टीवलको तयारी अन्तिम चरणमा पुगेको छ।  
होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथको आयोजना र वेगनास डुङगा व्यवसायी समिति,स्थानीय सामाजिक संघ सस्था,युबा क्लब तथा आमा समुहको सहभागितामा बेगनासताल किनारमा हुने फिस फेस्टीवलका बारेमा जानकारी दिने उदेश्यले आईतबार राखिएको पत्रकार सम्मेलनमा तयारी अन्तिम चरणमा पुगेको जानकारी गराईएको हो।
बेगनासताल किनारामा फागु पुणर््िामाको अवसरमा राखिएको फेस्टिबलको तयारीका लागि दिनहु सरसफाई,रङरोगन र ताल बरपर भाैितक संरचना निर्माणको कामलाई अगाडि वढार्ईएको र अहिले सम्ममा करिब ९०प्रतिशत काम सम्पन्न भएको फेस्टिबलका मुल संयोजक दुर्गा अधिकारीले जानकारी दिएका छन्।
बेगनासतालको मन्दरे पार्कदेिख तालको बाध किनारामा तीन दिनसम्म चल्ने फेस्टीबलमा ख्यातिप्राप्त कलाकारहरुको सास्कृतिक कार्यक्रम सहित विभिन्न प्रकारका खाना र विषेश गरी लेखनाथमा उत्पादित माछा तथा माछाका परिकारहरु राखिने भएको छ। 
करिब एक लाख दर्शकलले अवलोक गर्ने अपेक्षा गरिएको फेस्टिबलमा विषेश गरी महिला तथा पुरुष खुल्ला डुंगा दौड प्रतियोगिता, माछा तथा खानाका स्टलहरु, मह तथा कफी प्रर्दशनी, जडीबुटी प्रर्दशनी, पप कन्सर्ट, लोकदोहोरी साथै स्थानिय सांस्कृतिक कार्यक्रमहरु, भेषभूषा तथा झांकी प्रर्दशनी, खुल्ला पौडी प्रतियोगिता, वाल उद्यान र चिडिया घर लगायतका कार्यक्रमहरु रहेका छन् ।
यस क्षेत्रका जनताको मुख्य आय श्रोतको रुपमा पर्यटन व्यवसाय हुन नसकेको कुरालाई मध्यनजर राख्दै आन्तरिक एवं वाह्रय पर्यटन प्रर्वद्धन गर्न एबंम लेखनाथ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७२÷७३ लाई लेखनाथ भ्रमण वर्ष को रुपमा मनाउने र पर्यटन विकासका लागि विविध कार्यक्रम राखेकाले उक्त कार्यक्रमको प्रचार प्रसारमा सहयोग पु¥याउनका लागि पनि फेस्टिबल गर्न लागिएको हो।
होटल तथा रेष्टुरेण्ट एशोशियसन लेखनाथको आयोजना र वेगनास डुङगा व्यवसायी समिति सहआयोजक रहेको छ ।
फेस्टिबलको प्रवद्र्धकमा लेखनाथ नगरपालिका कार्यालय, लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल पर्यटन वोर्ड र नेपाल टेलिकम रहेको छ । 
फेस्टिबल सम्पन्न गर्नका लागि १५१ सदस्सीय कार्य सम्पादन समिति,  ३० वटा उपसमिति साथै लेखनाथमा रहेका राजनैतिक दलहरू सल्लाहकार समितिमा रहेका छन । फेस्टिवलमा करिव ३० वटा विभिन्न प्रकारका स्टलहरु रहने छन् ।
फेस्टिवलमा प्रवेश निशुल्क रहेको छ । फेस्टिवल संचालनका लागि करिव ९ लाख खर्च हुने र करिव ११ लाख आम्दानी भई २ लाख वचत हुने अपेक्षा राखिएको छ । वचत रकमबाट वेगनास तालको संरक्षण तथा सरसफाई,  लेखनाथको तालचोकमा स्वागत गेट, लेखनाथको प्रचार प्रसारका लागि होडिङ वोर्ड राख्ने साथै लेखनाथमा रहेका पर्यटकिय क्षेत्रहरुको जानकारी सहितको व्रोसर छपाई गरिने लक्ष्य राखिएको छ।
फेस्टिबलका मुल संयोजक दुर्गा अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ नगर पालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेल,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बावुराम गिरी,लेखनाथ नगरपालिकाका कानुनी सल्लाहकार राममणि अधिकारी, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राजेन्द्र अधिकारी ,लि बर्डका प्रतिनिधि लाक्पा शेर्पा लगाएतले फेस्टिबललाई सवैले आ आफनो क्षेत्रबाट सक्दो सहयोग गर्नु पर्नेमा जोड दिएका थिए।
फेस्टिबलका महासचिब विरभद्र कडेलले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य निर्देशक किरणराज खनाले गरेका थिए भने धन्यबाद ज्ञापन वेगनास डुङगा व्यवसायी समितिका अध्यक्ष ढकनाथ कडेलले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .