BREAKING NEWS

Monday, February 2, 2015

लेखनाथ जेसिज र जुनियर जेसिजको सामुहीक पदस्थापना



भीमपाणि बराल
लेखनाथ १९माघ
लेखनाथ जेसिज र जुनियर जेसिज बर्ष २०१५का पदाधिकारीहरुको सोमबार सामुहिक पदस्थापना गरिएको छ।
कार्यक्रममा बोल्दै सभासद् यज्ञबहादुर थापाले जेसिज सिक्ने र सिकाउनेहरुको समुह भएको भन्दै देशमा शान्ति सुव्यवस्था र जनताले चाहेको संविधान निमार्णका लागि जेसिजले संबिधान निर्माणका लागि जनस्तरबाट दबाबका कार्यक्रम ल्याउनु पर्ने सुझाब राखेका थिए।

सोही अबसरमा वोल्दै आर्का सभासद् जीवन परियारले जेसिजको अभियानलाई ग्रामीण तह सम्म पु¥याउनु पर्ने धारणा राख्दै एकिकृत माओबादीका कारण तोकीएको समयमा संबिधान नआएको हुदा अव छिटै उनिहरु पनि सहमतिमा आउने छन् र केहि ढिला भए पनि जनताले चाहे अनुसारको संविधान आउछ उनको भनाई थियो।
कार्यक्रममा बोल्दै लेखनाथ नगरपालीकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले लेखनाथ नगर क्षेत्रको विकासका लागि याहाँ रहेका सामाजीक संघ सस्थाको सहकार्यमा विकास निमार्णका कामहरुलाई अगाडी वढाउनु पर्नेमा जोड दिएका थिए भने लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बावुराम गिरीले युबाहरु उद्यमसील हुनु पर्ने सुझाब राखेका थिए।

लेखनाथ जेसिजका अध्यक्ष विनोद प्रसाद लामीछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल जेसिजका पुर्ब कार्यकारीणी उपाध्यक्ष एल के शर्मा,पोखरा जेसिजका अध्यक्ष छवि सुबेदी,दिप सिखा वाचनालयका अध्यक्ष कृष्णहरी भण्डारी, लेखनाथ जेसिजका पुर्ब अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,सुरज जंङ राणा,निर्वतमान अध्यक्ष चित्र भटराई संजय, जुनियर जेसिजका अध्यक्ष अनिल गौतम,निर्वतमान अध्यक्ष पवनबाबु बास्तोलला, एकिकृत नेकपा माओबादीका पुष्पकमल ढुगाना,नेकपा एमालेका लेखनाथ नगर अध्यक्ष मोहन गुरुङ,नेपाली काग्रेस लेखनाथ  नगर सचिब प्रेम कुमार श्रेष्ठ र सुम्पुर्ण आमा समुहको तर्फबाट जानुका तिमील्सेना लगाएतले आ आफनो धारणा राखेका थिए।

सोही अवसरमा हरेक बर्ष जेसिजमा रहेर सहयोग पु¥याउदै आउनु भएका रामचन्द्र गौतमलाई दिननाथ अबाड र जेसिज बाहिरबाट सहयोग पु¥याउने भरतराज न्यौपानेलाई अमृता सम्मेलन अबाडबाट सम्मान गरिएको थियो।


लेखनाथ जेसिजका कार्यकारीणी उपाध्यक्ष विशाल गौतमले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन सचिब संदिप ढुगानाले गरेका थिए भने पुर्ब अध्यक्ष ऋषि जमरकटेले धन्यबाद ज्ञापन गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .