BREAKING NEWS

Saturday, February 7, 2015

राईजिङ स्टारको भलिबल प्रतियोगिता सम्पन्न

Volleyball Via google image
लेखनाथ ,२४ माघ
लेखनाथ नगरपालिका वडा नं २ रिठेपानीमा रहेको राईजिङ स्टार युबा क्लबद्धारा आयोजित प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिता सनिबार सम्पन्न भएको छ।
गत माघ २२गते देखि संचालन गरिएको प्रतियोगीतामा सहभागी नौं टिमलाई पछि पार्दै आयोजक राईजिङ स्टार बीले प्रथम स्थान हासिल गरेको छ। विजयी समुहले नगद १८हजार सहित प्रमाण प्रत्र र मेडल हात पारेको छ ।
यसैगरि प्रतियोगिताको उप विजेतामा एल वाई सी स्याङ्जाले नगद १२ हजार ,प्रमाण पत्र र मेडल प्राप्त गरेको छ भने उत्कृष्ट खेलाडीमा राईजिङ स्टारका मनोज गुरुङ बनेका छन्।
विजयी तथा उप विजेता समुहलाई क्लबका अध्यक्ष योगेस गुरुङले पुरस्कार प्रदान गरेका थिए भने सोही अवसरमा राखिएको ठेलो हान्ने  प्रतियोगीतामा सन्तोष तामाङ विजेता र अंचल गुरुङ उप विजेता बनेका छन्।
क्लका सचिब स्याम खनालले संचालन गरेको समापन कार्यक्रममा उपाध्यक्ष यम गुरुङले धन्यबाद ज्ञापन गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .