BREAKING NEWS

Tuesday, February 17, 2015

लेखनाथको पिप्लेमा शिब मुर्ती प्रतिस्थापन

लेखनाथ ५, फागुन
लेखनाथ नगरपालीका बडा नं ९बेगनासतालको पिप्ले डाडाँमा धार्मीक पर्यटन प्रबद्धनमा सहयोग पु¥याउने उदेस्यले करिब १०फिट उचाई भएको शिब मुर्ती स्थापना गरिएको छ।
शिबरात्रिको अवसर पारेर लेखनाथ नगरपालीकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले मंगलबार एक विशेष कार्यक्रमका विच शिब मुर्तीको उद्घाटन गरेका थिए।
शिबालय योग ध्यान केन्द्रको करिब एक लाख ५०हजारमा निर्माण गरिएको मुर्ती उद्घाटन समारोहमा बोल्दै कार्यकारी अधिकृत पौडेलले लेखनाथको पर्यटकिय स्थर पिप्लेमा निर्माण गरिएको शिब मुर्तीले यस क्षेत्रमा धार्मीक पर्यटनको विकासमा थप सहयोग पुग्ने धारणा राखेका थिए।
ध्यान केन्द्रका अध्यक्ष विष्णुहरी लामीछानेको अध्यक्षतामा भएको सो कार्यक्रमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बावुराम गिरी,टोल विकास समोन्वय समिती बडा नं ९का संयोजक मधुकर न्यौपाने र स्थानीय कृष्णप्रसाद तिमील्सेना,लेखनाथ होटल एसोसियसनका अध्यक्ष दुर्गा अधिकारी लगाएतले बेगनासता बरपरको पर्यटकिय गतिविधीलाई बढाव दिन सके यस विकासमा थप सहयोग पुग्ने विश्बास व्यत्त गरेका थिए

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .