BREAKING NEWS

Saturday, February 14, 2015

लेखनाथ नगरपालिका वडा नं. ५ को माछापुच्छ्रे टोल बालश्रम मुक्त



लेखनाथ : लेखनाथ नगरपालिका वडा नं. ५ को माछापुच्छ्रे टोललाई बालश्रम मुक्त घोषणा गरिएको छ । शनिवार आयोजित एक कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले टोललाई बालश्रम मुक्त घोषणा गर्नु भएको हो । सफल नगरपालिकाका रुपमा चित्रण गर्नका लागि मानव विकासको सूचांक राम्रो हुनु पर्ने उल्लेख गर्दै, अध्यक्ष गिरीले नगरपालिकाले बालश्रम न्यूनिकरण कार्यक्रम संचालन गरिरहेको बताउनु भयो । उहाँले बालमैत्री स्थानीय शासन अवलम्वन गर्दै, अगाडी बढेको लेखनाथ नगरपालिकामा बाल संरक्षणको क्षेत्रमा बाल श्रम चूनौतीका रुपमा देखिन सक्ने तर्फ सचेत हुनु पर्नेमा जोड दिनु भयो । नीजि क्षेत्रको छाता संगठन अध्यक्षको नाताले पनि संघसँग आवद्ध सवै व्यवसायीहरुलाई बालश्रम नराख्न उहाँले आग्रह गर्नु भयो ।

कार्यक्रममा टोल विकास संस्था नगरसमन्वय समितिका संयोजक छविलाल लामिछानेले नगरपालिकाको सहकार्यमा नगरका सवै टोलहरुमा बालश्रम न्यूनिकरणका कार्यक्रम अघि वढाईने उल्लेख गर्नु भयो । उहाँले बालश्रमिक कम भएका वडामा विशेष अभियान संचालन गरेर पुरै वडालाई घोषणा गर्ने तयारी भएको समेत उल्लेख गर्नु भयो । लेखनाथ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष सुमन भट्टराईले बालश्रमिक राख्ने व्यक्तिको नाम सार्वजनिक गरी हटाउन दवाव दिईनु पर्नेमा जोड दिनु भयो । उहाँले बालबालिकाको क्षेत्रमा निर्माण भएका कानूनलाई कडाईका साथ लागु गर्न सम्वन्धीत निकायसँग माग गर्नु भयो ।

खनाथ हार्डवयर एशोसियसनका अध्यक्ष ऋषिराम भण्डारीले बालश्रममुक्त टोल घोषणा पछि पनि चूनौती रहेको उल्लेख गर्दै, निरन्तर अनुगमन गर्नु पर्नेमा जोड दिनु भयो । अध्यक्ष भण्डारीले निर्माणको क्षेत्रमा ठुलो संख्यामा बालबालिका प्रयोग हुँदै आएको उल्लेख गर्दै, त्योसँग सम्वन्धीत संघसंस्थासँग अन्तरक्रिया गर्न सुझाव दिनु भयो । टोलविकास संस्थाका अध्यक्ष शैलेन्द्र मोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ हार्डवयर एशोसियशनका संस्थापक अध्यक्ष राजेन्द्र ओझा, लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष इश्वरीप्रसाद अधिकारी, टिम अर्गनाइजिङ लोकल इन्स्टिच्यूसन टोलीका कार्यक्रम संयोजक काशी गुरुङ्ग, लेखनाथ नगरबाल मञ्चका अध्यक्ष आदर्श मोहन भट्टराई, विजयपुर टोल विकास संस्थाका अध्यक्ष खड्गवहादुर रानाभाट, शान्तिमार्ग टोल विकास संस्थाका अध्यक्ष कृष्णमोहन भट्टराई, राखी युवा रेडक्रस सर्कलका अध्यक्ष सन्दिप ढुंगाना नेशनल एफ एमका रोशन कोइराला लगायले बालश्रम मुक्त टोल नगरका अन्य वडामा समेत घोषणा गरेर अघि वढ्न सुझाव दिएका थिए । कार्यक्रममा बालमैत्री स्थानीय शासन लेखनाथ नगरपालिकाका फोकल पर्सन नबराज सापकोटाले सहजीकरण गरेका थिए । टोलमा ४२ घरधुरी आवद्ध रहेका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .