BREAKING NEWS

Saturday, February 7, 2015

शिक्षाको गुणस्तर बढाउन अभिभावकको मुख्य भूमिका – उपराष्ट्रपति


उपराष्ट्रपति परमानन्द झाले सरकारी विद्यालयहरु राजनीतिक प्रभावमा परेका कारण शैक्षिक गुणस्तर वृद्धि हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शिक्षाको गुणस्तर बढाउन अभिभावकको भूमिका बढि हुनुपर्नेमा जोड दिएका हुन् ।
पोखरा १४ विपी मार्गस्थित कास्की मोर्डनाइज्ड एकेडेमी उच्च माविमा आयोजित १५ औ अभिभावक दिवस, नवनिर्मित भवनको उद्घाटन एवं सम्मान कार्यक्रममा झाले सरकार  ी शिक्षाको गुणस्तर नबढ्दा नीजिमा आकर्षण बढेको बताए । सरकारी शिक्षाको गुणस्तर बढाउनुपर्नेमा उनले जोड दिए । ‘सरकारी विद्यालयको गुणस्तरप्रति अभिभावकहरु सन्तुष्ट हुन नसक्दा नीजि विद्यालयमा आकर्Èण बढेको हो’ झाले भने, ‘सरकारी विद्यालयका शिÔक, शिÔिका
राजनीतिक कार्यकर्ताका रुपमा काम गर्ने भएकाले गुणस्तर बढन सकेको छैन, त्यसैले नीजि विद्यालयमा अभिभावहरुको आकर्Èण बढेको छ ।’ उपराष्ट्रपति झाले पछिल्लो सयम युवायुवतीहरु गुणस्तरीय शिÔाको नाममा विदेश जाने क्रम बढेको प्रति चिन्ता व्यक्त गरे ।
१ सय २५ जना विद्यार्थी र १० जना शिÔक कर्मचारीबाट वि.स. २०५५ सालमा स्थापना भएको विद्यालयमा हाल १७ सय विद्यार्थीहरु र झण्डै १ सय ३० जना शिÔक शिÔिका रहेको विद्यालयले जानकारी दिएको छ । विद्यालयले शिÔा निमावलीमा ब्यवस्था भए बमोजिम वार्Èिक २७ लाख ५० हजार बरावरको छात्रवृत्ति प्रदान गर्दै आएको र वर्Èभरी विभिन्न कार्यक्रममा दश लाख र पुरस्कारमा ७ लाख रकम खर्च गर्दै आएको छ भने नेपाल सरकारलाई वार्Èिक १८ लाख कर बुझाउने गरेको विद्यालयका प्राचार्य रामबहादुर मोचीले जानकारी दिए ।
कार्यक्रममा उपराष्ट्रपति झाले नेपाली चलचित्रका सफल निर्देशक तुलसी घिमिरे र लोकगायिक
हरिदेवी कोइरालालाई नगद दश÷दश हजार सहित सम्मानपत्र, दोसल्ला सहित सम्मान गरे । त्यस्तै विद्यालयमा विगत दश वर्Èदेखि कार्यरत शिÔकशिÔिकालाई दीर्घ सेवा सम्मानबाट सम्मान समेत
गरेको थियो । सम्मानित हुनेहरुमा मुरली बस्नेत, सुरेश नेपाली, राधा गुरुङ, कृष्णकुमारी घिमिरे, जीवनाथ सुवेदी, प्रेमनाथ गौतम, दीपक गैंरे, शिवलाल उपाध्याय र विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोची रहेका छन् । त्यस्तै विद्यालयलाई सहयोग गर्नेहरु अमर मुडुला, बाबुराम भण्डारी र विद्यालयका स्थायी शिÔक शिÔिकाहरु निर्मला पहारी, नारायणी अधिकारी, मिलन तिमिल्सिना र शिवु ढकाललाई समेत सम्मान गरिएको थियो । उनीहरुलाई पनि उपराष्ट्रपति झाले दोसल्ला र सम्मानपत्र सहित सम्मान गरे । कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोची, सम्मानित व्यक्तित्व लोक गायिका हरिदेवी कोइराला, विद्यालय संचालक समिति सदस्य एवं अभिभावक सरस्वती गुरुङ, अभिभावक भरतबहादुर थापा, शिÔक शिवु ढकाल लगायतले विद्यालयको बारेमा बोलेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .