BREAKING NEWS

Tuesday, February 24, 2015

बेगनास फिस फेस्टीवलको पुर्ब तयारीमा सरसफाई


लेखनाथ १२फागुन
आन्तरीक एवंम बाहिय पर्यटन पर्वद्धन तथा माछा ब्यवसायमा सहयोग पु¥याउने उदेस्यले फागुन २२देखि २४गते सम्म हुन लागेको बेगनास फिस फेस्टीवलको पुर्ब सन्ध्यामा बेगनासताल बरपर सरसफाई अभियान संचालन गरिएको छ। 
फेस्टिबलको प्रचार प्रसारमा सहयोग पु¥याउने उदेस्यले बेगनासताल बस पार्क देखि मन्दरेपार्क हुदै तालको बाद किनारा वरपर स्थानीय आमा समुह,युबा क्लब,टोल विकास सस्था, वजार ब्यवस्थापन समिती,डुङ्गा ब्यवसायी समिती तथा स्थानीयबासीको सहभागीता सरसफाइृ अभियान संचालन गरिएको हो। 
होटल एशोसिएसन लेखनाथको आयोजना र स्थानीय सामाजीक संघ सस्था,युबा क्लब र आमा समुहको सहभागीतामा बेगनासताल किनारामा फागु पुणर््िामाको अवसरमा गर्न लागिएको फेस्टिबलका तयारीका लागि दिनहु सरसफाई,रङरोगन र ताल बरपर भौतीक संरचना निर्माणको कामलाई अगाडी वढार्ईएको फेस्टिबलका मुल संयोजक दुर्गा अधिकारीले जानकारी दिएका छन्। 
सरसफाई कार्यक्रममा संयोजन तथा बेगनास ताल बजार व्यस्थापन समितीका अध्यक्ष उमाकान्त तिमील्सेनाको नेतृत्बमा निश्किएको टोलीले बाटोको दायाँ बायाँ रहेको फोहोरलाई बर्गिकरण गरि नष्ठ गरेको थियो। 
बेगनास तालको मन्दरे पार्क देखी तालको बाध किनारामा तिन दिनसम्म चल्ने फेस्टीबलमा सास्कृतीक कार्यक्रम सहित विभिन्न प्रकारका खाना र विषेश गरि लेखनाथमा उत्पादीत माछा तथा माछाका परिकारहरु राखिने फिस फेस्टीवलका महासचिब विरभद्र कडेलले जानकारी दिएका छन्।
करिब एक लाख दर्शकलले फेस्टिबलको अवलोक गर्ने अपेक्ष्या गरिएको फेस्टिबलमा माछाका भुरा छाड्ने,ढुङ्गा दौड,पौडी प्रतियोगीता लगाएतका कार्यक्रम राखिने महोत्सबका निर्देशक दामोदर भक्त थापाको भनाई छ । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .