BREAKING NEWS

Friday, February 13, 2015

लेखनाथको नर्मदेश्बरमा शिबरात्रि महिमा संगीतमय कथा प्रबचन हुने

लेखनाथ १, फागुन
कास्की जिल्लाको लेखनाथ नगरपालीका बडा नं १मदौरुकुना शुक्ला गण्डकी र बगादी नदिको संगम स्थल एबंम एतिहासीसक धार्मीक धाम नर्मदेश्बर मोक्ष आश्रममा शिबरात्रिको महान पर्बका अवसरमा त्रिदिबसीय संगीतमय कथा प्रबचन तथा शिबरात्री महोत्सव हुने भएको छ ।
अगामी फागुन ४ गते देखि ६ गतेसम्म संचालन हुने संगीतमय कथा  प्रबचनमा प्रतिभाकी धनी विदुषी सुधा सापकोटा र बेदान्ताचार्य,ख्याती प्राप्त  सन्त महन्तहरुबाट दिनहु आर्र्षीबचन तथा प्रबचन हुने कार्यक्रम रहेको प्रचार प्रसार समितीका संयोजक मोती गिरिले जानकारी दिनुभएको छ।
त्रिदिबसिय कार्यक्रम अन्तगत फागुन ४गते लेखनाथको आर्दशचोकबाट यज्ञ स्थलसम्म बाजा गाजा,भजन कृतन र झांकी सहितको सोभा यात्रा र उद्घाटन गरिने कार्यक्रम रहेको छ भने फागुन ५गते शिवरात्रि महिमाका बारेमा प्रबचन,पुजा अर्चना,रुद्धविषेक,सत्यनारायणको पुजा,ग्रह शान्ति,सामुहिक बर्तबन्ध,विबाह,साझमा अखण्ड दिप प्रज्वलन,रातीमा जागबत्ती र चार प्रहरको पुजा  गरिने र फागुन ६ गते संगीतमय कथा प्रबचन सहित समापनको कार्यक्रम रहेको नर्मदेश्वर मोक्षाश्रम संरक्षण समितीका अध्यक्ष झपिन्द्रराज आचार्यले जानकारी दिएका छन् ।
कार्यक्रमलाई सफल पार्न कार्यसमितीका सम्पुर्ण पदधिकारीहरु कार्यसम्पादनमा रहेर काम गरे गरेका छन् भने विभिन्न आमा समुहका अध्यक्ष तथा प्रतिनिधी ,आजिनबन सदस्य र विभिन्न संघ सस्थाका प्रतिनिधीहरु उप समितीमा रहेर तयारीलाई तिब्रताका साथ अगाडी वढाईएको प्रचार प्रसार समितीका संयोजक मोती गिरिले जनाकारी दिएका  छन् ।
यसै विच कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि गरिब तथा विपन्न परिबारलाई मध्यनजर राख्दै बर्तबन्ध र विबिहामा नि शुल्क गरिने व्यवस्था मिलाईएको छ भने कार्यक्रम अवधिभर यज्ञ स्थलमा आउने साधु,सन्त ,माहात्मा र अतिथिहरुलाई भोजन र आबासको समेत व्यवस्या मिलाईएको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .