BREAKING NEWS

Wednesday, February 25, 2015

ज्ञानज्योति विद्याकुञ्जको १९औं वार्षिकोत्सव सम्पन्न

लेखनाथ, १३ फागुन
लेखनाथको  गगनगौंडा स्थित ज्ञानज्योति विद्याकुञ्ज मा.वि. को १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिबिध कार्यक्रमका साथ सम्पन्न भयो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी, अम्बिकाप्रसाद आचार्यले संस्थागत विद्यालयहरुले नेपाल सरकारको शैक्षिक नीति नियमलाई आत्मसाथ गरी विद्यार्थीलाई पढाईसगै व्यवहारिक ज्ञानमा जोड दिनुपर्ने बताए । नेशनल प्याव्सान कास्कीका अध्यक्ष राम बहादूर मोचीले संस्थागत विद्यालले मुलुकको शैक्षिक एवम् आर्थिक विकासमा महत्वपूर्ण योगदान पु–याउदै आएको बताए ।
 सो अवसरमा विद्यालयमा दीर्घ सेवा गर्ने कार्यरत शिक्षक विश्व मोहन पौडेल र शिक्षिका मनुमाया पुनलाई सम्मान– पत्र द्वारा सम्मान गरिएको थियो । उक्त अवसरमा परोपकार आमा समूह र म्याग्दीटोल पुन मगर समाज लाई कदर–पत्रद्वारा सम्मान गरिएको थियो भने अभिभावकद्वय प्रेममाया छन्त्याल र सुकमाया थापा लाई अभिनन्दन गरिएको शिक्षक हरि सापकोटाले जानकारी दिएका छन् ।  विद्यालय व्यव्स्थापन समितिका अध्यक्ष बालमुकुन्द सुबेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी खिम बहादूर खत्रीले आफ्नो धारणा राखेका थिए । सो असवरमा २०७० सालको एस.एल.सी. परीक्षामा ८० प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थीद्वय भवसागर रानाभाट र दीपा खनाललाई सम्मान एवम् मायाको चिनो प्रदान गरिएको थियो । उक्त कार्यक्रममा २०६८ सालदेखि २०७० सालसम्मका एस.एल.सी. उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । यसका साथै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
विद्यालयका प्राचार्य अर्जुनप्रसाद अधिकारीले विद्यालय प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थीका रुचि अनुसारका नयाँ नयाँ शिक्षण सिकाई विधिबाट शिक्षा प्रदान गरिने जानकारी दिए । सोही कार्यक्रममा तहगत ईन्चार्ज, २०७०को उत्कृष्ट विद्यार्थी लगाएत अनुशासन, सरसफाई, सक्रिय सहभागीता जस्ता विभिन्न विधामा कक्षा गत रुपमा पुरस्कार वितरण गरिएको थियो । यसैगरी उक्त कार्यक्रममा ज्ञानज्योति सिङ्गिङ स्टार, ज्ञानज्योति डान्सिङ स्टामा उत्कृष्ट   विद्यार्थीहरुलाई ट्रफीद्वारा सम्मान गरिएको थियो । उक्त अवसरमा एल.एल.सी परीक्षामा सर्वोकृष्ट अंक ल्याउने विद्यार्थी भवसागर रानाभाटलाई स्वर्गीय गोकर्ण अधिकारीकीे धर्मपत्नी महालक्ष्मी अधिकारीले स्वर्गीय गोकर्ण स्मृती छात्रवृत्ति पुरस्कार प्रदान गरेकी थिइन ।
विविध सांस्कृतिक कार्यक्रमका साथमा सम्पन्न कार्यक्रममा स्वागत मनत्व्य विद्यालयका सह–प्राचार्य मित्रबन्धु सुबेदीले राखेका थिए भने कार्यक्रम संचालन शिक्षकद्वय विश्वमोहन पौडेल र बिचित्र न्यौपाने त्यस्तै विद्यार्थीद्वय मनिषा पौडेल र मनिता रानाभाटले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .