BREAKING NEWS

Friday, February 13, 2015

पोखरामा जंगल फेस्टिभल शुरु, राउटे र हात्तिले गरे उद्घाटन

पोखरा, १ फागुन
परिचय नेपालको आयोजनामा शुक्रबारदेखि ‘जंगल फेस्टिभल’ शुरु भएको छ । एक हप्ता सम्म चल्ने फेस्टिभलको शुरुवात जंगलमा बस्दै आएका लोपोन्मुख जनजाति राउटेहरुको एक समुहले गरेको छ । राउटे मुखिया बालकृष्ण शाहिले वृक्षारोपण गरेसँगै फेस्टिभलको उद्घाटन भएको आयोजकले घोषणा गरेको थियो ।
त्यसअगाडि फेस्टिभलमै ल्याईएको हात्तिले रिबन काटेको थियो । प्रमुख प्रवेशद्वारमा राखिएको रिबन काटेर हात्तिले दर्शकहरुका लागि गेट खुला गरिदिएको थियो । त्यो सँगै आयोजकले फेस्टिभलको दिन बिहान टाँगा, हात्ति, राउटे, सर्कस काठमाण्डौँको टोली सहित अतिथी लगाएतलाई ¥यालीमा उतारेको थियो । शान्ति वन वाटिकाबाट शुरु भएको ¥याली पृथ्वीचोक, न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार हुँदै पुनः शान्ति वनमा पुगेर टुंगिएको थियो ।
‘दर्शकको पर्खाई अब सकिएको छ ।’ परिचय नेपालका अध्यक्ष सोभित बस्यालले भने–‘दर्शकहरुको मनोरञ्जनका लागि यो पटक हामीले जंगलमा धेरै कुराहरुलाई समेटेका छौँ ।’ फेस्टिभलका लागि झकिझकाऊ शान्तिवनमा दर्शकहरुलाई ‘जंगली अनुभव’ दिलाउन कुनै कसर बाँकी नराखेको उनले बताए ।
‘हरियाली सप्ताह’को थिममा आयोजना हुन लागेको फेस्टिभलमा दर्शकहरुले विभिन्न जातजातिका जनावर, चराचुरुङगीहरुको सामिप्यतामा रम्न पाउने आयोजकको दाबी छ । 
फेस्टिभलमा जंगलमा बस्दै आएको राउटे समुदायका मानिसहरुले उनीहरुको रहनसहन, जीवनशैली प्रदर्शन गर्नेछन । राउटे जातिकै शैलीमा बनेका घरहरु पनि दर्शकहरुको लागि आकर्षण बन्ने आयोजकले अनुमान लगाएको छ ।
जंगल भित्र प्रत्यक्ष रुपमा अष्ट्रीच, इमु, मुसाका प्रजाति, खरायो, लेकमा पाइने भेडा, चौरी, बाँदरका विभिन्न नयाँ प्रजाति देखि १८ प्रजातिका चरा देख्न पाईने आयोजकले बताएको छ । १६ थरीका जनवार फेस्टिभलमा हेर्न पाईनेछ । त्यस्तै हात्ति सफारी पनि दर्शकहरुको लागि आकर्षण बन्न सक्ने उसको दाबी छ । फेस्टिभलमा दर्शकको मनोरञ्जनका लागि ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती सँगै अरु विविध कार्यक्रमहरु हुने आयोजकले बताएको छ । इन्दिरा जोशी, मिलन अमात्य, आकांक्षा बस्याल, तिलकबम बल्ल, सुगम पोखरेल, विनोद बानियाँ, कमल खत्री, योगेशकाजी देखि कन्दरा ब्यान्ड, डि–मर्चा तथा बमबहादुर कार्कीको प्रस्तुती रहने आयोजकले बताएको छ । फेस्टिभलमा विश्वप्रसिद्ध ‘सर्कस काठमाडौ’ ले विभिन्न प्रदर्शन गर्नेछ । यस्तै फेस्टिभलमा जंगलकै थिममा आधारित रहेर मोडलहरु ¥याम्पमा पनि हिँड्दैछन ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .