BREAKING NEWS

Saturday, February 7, 2015

राखी रेडक्रसको २०औं साधारण सभामा सम्मान

विष्ण्ुाहरि पौडेल
लेखनाथ, २४माघ
नेपाल रेडक्रस सोसाईटी राखी उप साखाले आफनो २०औं साधारण सभाको अबसर पारेर विभिन्न व्यत्तिहरुलाई सम्मान गरेको छ।
रेडक्रस अभियानलाई अगाडी वढाउन सहयोग पु¥याउदै आउनु भएका पुर्ब अध्यक्ष नारायाण बराल,नरभुपाल पौडेल,जेष्ठ सदस्य बुद्धिमोहन भटराई र स्मारीका प्रकाशन उप समितीका संयोजक विष्णु बराललाई कामको उच्च कदर गर्दै सम्मान पत्र र दोसल्ला ओडाई सम्मान गरिएको हो ।
यसै गरि सोही अवसरमा सावित्रृ मोहन स्मृती अक्षयकोषबाट अमर ज्योती गाउ फर्क माविका जेहेन्दार विद्यार्थी शैलेन्द्र अधिकारी र भबानी कालीका उच्च मावीका प्रविन कार्कीलाई नगद पुरस्कार प्रदान गरिएको थियो भने कोषबाटै आजिबन सदस्य लेखनाथ ४ निबासी चेतबहादुर विकको सिघ्र्र स्वास्थ्य लाभको कामना गर्दै रु तिन हजार आर्थीक सहयोग समेत प्रदन गरिएको थियो ।   

कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाईटी कास्की साखाका सभापति बामदेब ढुगानाले मानविय सेबाको क्षेत्रमा काम गर्दै आएको रेडक्रसको अभियानलाई गाउ गाउ सम्म पु¥याउनु पर्नेमा जोड दिदै समाज परिर्बतका लागि सवै रेडक्रस प्रेमीहरुले सकरात्मक सोचका साथ अगाडी वढ्नु पर्ने धारणा राखेका थिए।
राखी उप साखाका सभापति मुरारी शर्माको अध्यक्षतामा भएको सो कार्यक्रमा अमर ज्योती गाउफर्क मावी विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष झलक पाणि तिवारी,भबानी कालीका उच्च मावी ब्यवस्थापन समितीका अध्यक्ष डम्बर बहादुर थापा,जल्धारे बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष मनोहरी ढुङ्गाना,सावित्रृ मोहन स्मृती कोषका संरक्षक हरिमोहन भटराई,सम्पानीत ब्यतिहरुको तर्फबाट विष्णु बराल,पुर्ब सभापति नारायण बराल,नरभुपाल पौडेल र राखि युबा रेडक्रसका सभापति संदिप ढुङ्गाना लगाएतले रेडक्रसको महत्व र यसले समाजमा पारेको प्रभाबका बारेमा जानकारी गराएका थिए।
उप साखाका सचिब शौलेन्द्र मोहन भटराईले संचालन गरेको सो कार्यक्रममा उप सभापति चन्द्रबहादुर रानाभाटले स्बागत मन्तब्य र कोषाध्यक्ष अंविका मोहन भटराईले आर्थीक प्रतिवेदन प्रस्तुत गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .