BREAKING NEWS

Monday, February 9, 2015

पो.वि प्राध्यापक संगठनामा जोसी


लेखनाथ २६माघ
पोखरा विश्ब विद्यालय प्रगतीसिल प्राध्यापक संगठनको तेसो अधिबेसनले आगामी कार्यकालको लागि ईन्जिनियर बुद्धिराज जोसीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ।
सर्बसम्वतमक रपमा गठन भएको समितीको सचिबमा दाकाराज पन्थि र कोषाध्यक्षमा प्रदिप सापकोटा रहेका छन् भने समितीको सदस्यमा ई.प्रकाश बहादुर अधिकारी,डाक्टर हेमलाल गौतम,दिपाङजल श्रेष्ठ र हेमराज पाण्डे रहेका छन् ।
यसै गरि सोही भेलाले धर्मराज श्रेष्ठ,ज्ञानेश्वर शर्मा,बलराम भटराई र नबराज धामीलाई सल्लाकारमा चयन गरेको छ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल प्रगतिसिल प्राध्यापक संगठनका केन्द्रिय उपाध्यक्ष शेखरनाथ पौडेलले विश्व विद्यालयलाई शौक्षीक प्रागिक थलोको रुपमा विकास गराउनु पर्ने अवस्थामा राजनितीक थलोको रुपमा विकास भएको प्रति चिन्ता ब्यत्त गर्दै  शौक्षीक गुणस्थका  लागि प्राध्यापकहरुले गहन भुमीका निभाउनु पर्नेमा जोड दिएका थिए।
पोखरा विश्ब विद्यालय प्रगतिसिल प्राध्यापक संगठनका अध्यक्ष बुद्धिराज जोसीको अध्यक्षतामा भएको सो कार्यक्रमा पोखरा विश्ब विद्यालयका सिनेटर शालिकग्राम पौडेल,चिर्थ जंगली,प्राध्यापक संगठनका केन्द्रिय सदस्य देउकाजी गुरुङ,राममणि अधिकारी,नेकपा एमाले कास्की जिल्ला सचिबालय सदस्य संकरनाथ पौडेल,प्रगतिसिल प्राध्यापक संगठनका पश्चिमाञ्चल सचिब लालबहादुर कुवँर,बन क्याम्पस प्राध्यापक संगठनका प्रेम नारायणा खनाल र उप प्राध्यापक दयाराम ढकाल लगाएतले पोखरा विश्ब विद्यालयको शौक्षीक विकासका लागि सवैले निहित स्वर्थलाई भन्दा पनि सस्थागत हितका लागि काम गर्दै जानु पर्नेमा जोड  दिएका थिए।
संगठनका सचिब विकेक पुडासैनिले संचालन गरेको सो कार्यक्रमा पोखरा विश्ब विद्यालय कर्मचारी संघका अध्यक्ष झलक शर्माले स्वागत र प्राध्यापक नबराज धामीले धन्यबाद ज्ञापन गरेका थिए।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .