BREAKING NEWS

Sunday, February 22, 2015

क्यान इन्फोटेकमा दर्शक आकर्षित

 पोखरा, १० फागुन
पोखरामा जारी छैटौ संस्करणको क्यान इन्फोटेक–२०१५ मा सार्वजनिक विभिन्न नयाँ प्रविधि तथा उपकरणप्रति दर्शक आकर्षित भएका छन् । आयोजकले मेलाको अफरस्वरुप सूचना तथा संचार प्रविधि (आइसिटी) क्षेत्रसँग सम्बन्धित सार्वजनिक गरिएका नयाँ प्रविधि र उपकरणमा भारी छुटसमेत दिएको छ ।

मेलाको तेस्रो दिन २५ हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजक क्यान कास्कीका महासचिव एवं मेलाका सूचना तथा संचार प्रवक्ता विश्वास भण्डारीले जानकारी दिए । पोखराको नयाँबजारमा शुक्रबारदेखि सुरु मेला सोमबार सकिदैछ । मेलाबाटै एप्पल कम्पनीका विभिन्न एसिसरिजहरु पहिलो पटक पोखरामा बिक्री थालिएको छ भने घरबाहिर रहँदा पनि घरको सुरक्षाका लागि डोर सेक्युरिटी उपकरण सार्वजनिक गरिएको छ । यसैगरी वेवसफ्टले विकास गरेको एमसिक्यू सफ्वेयरमा विशेषगरी विद्यार्थीहरु आकर्षित बनेका छन् ।
मोवाइलको डाटा रिड गर्ने पेनड्राइडभ पहिलो पटक पोखरामा ल्याइएको छ । मोवाइल चार्ज लगायत चार्जका लागि पावर बैंक निकै फलदायी मानिएको छ । मेलामा पेन क्यामेरा, ब्लु तुथ स्पीकर, मात्र सात इञ्चको ल्यापटप, गुगल एन्ड्रोइड वान मोवाइल पनि पहिलोपटक सार्वजनिक गरिएको छ ।

यसैगरी विभिन्न पेनड्राइभ, ल्यापटप, मोवाइल एसिसरिज, कार्टिज, स्पीकर लगायतमा भारी छुट दिइएको जनाइएको छ ।
मेलामा लमजुङका २४ वर्षीय युवा रदी मियाँले निर्माण गरेको नेपाली बाबु नामक रोवोटले सबै दर्शकको ध्यान खिचेको छ ।
मेलामा अनलाइन जब, स्कलरसीप र हार्डवेयर तालिमका लागि फर्म भर्न पनि दर्शक मेलास्थल पुग्ने गरेका छन् । मेलामा सुचना तथा संचारसँग सम्बन्धित एक सय १५ वटा स्टल राखिएका छन् ।


Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .