BREAKING NEWS

Saturday, February 7, 2015

पुलिस क्लब १३ औं आहा ! रारा गोल्डकपको सेमिफाईनलमा


पोखरा २४ माघ । नेपाल पुलिस क्लब पोखरामा जारी १३ औं आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रबेश गरेको छ । आज भएको खेलमा नवजनजागृति क्लब सिमरालाई १ ० ले हराउदै पुलिस अन्तिम चारको पुगेको हो ।
पहिलो हाफ गोल रहित बराबरीमा खेलेको पुलिसलाई जिताउन भरत शाहले ७४ औं मिनेटमा गरेको एक मात्र गोलनै निर्णायक बन्यो । आहा गोल्डकपको ईतिहासमा ८ पटक फाईनलमा पुगेको पुलिस यसअघि ५ ओटा संस्करणको बिजेता टिम हो भने ३ ओटा संस्करणको उपबिजेता टिम हो । क्याराभान गोल्डकपदेखि उपाधि यात्रा थालेको पुलिसले पहिलो, छैटौ, सातौ र आठौ संस्करणको उपाधि उचालेको थियो भने दोस्रो, तेस्रो, चौथो संस्करणमा उपबिजेतामा सिमित भएको थियो ।
पुलिसले यहि माघ ३ गते पोखरा रंगशालामै सम्पन्न मनकामना केबुलकार पोखरा कपको उपाधि जितेको थियो । आजको बिजेता पुलिसले सेमिफाईनलमा झापा–११ र थ्रिस्टार क्लब बिचको बिजेतासंग प्रतिश्पर्धा गर्नेछ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .