BREAKING NEWS

Sunday, February 22, 2015

चौथो महिला अन्तराट्र्रिय आमन्त्रीत भलिवलमा एपिएफ फाईनलमा

पोखरा, १० फागुन
पोखरा रंगशालामा जारी चौथों संस्करणको महिला अन्तर्राष्ट्रिय आमन्त्रित भलिवल प्रतियोगिता अन्र्तगत महिला तर्फ सशस्त्र प्रहरी वलको एपिएफ फाईनलमा प्रबेस गरेको छ । आईबतार भएको पहिलो सेमिफाईनल खेलमा सशस्त्र प्रहरी वलको एपिएफ क्लवले नेपाल पुलिस क्लवलाई ३–१ को सेटमा पराजित गर्दै फाईनलमा यात्रा तय गरेको हो । एपिएफले पुलिसलाई २५–१५, २१–२५, २५–१२ र २६–२४ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलमा वुमेन अफ दी म्याच एपिएफकी कप्तान निमा श्रेष्ठ घोषित भईन् ।
त्यसै गरि अर्को सेमिफाईनल खेल प्रकासको कमिले स्थगीत भएको छ । पश्चिमाञ्च र काठमाण्डौको न्यु –डाईमण्ड एकेडेमी विच भएको प्रतियोगितामा प्रकास कमी भए स्थगीत भएको हो । दुबै टिमले २÷२ सेट जित हासिल गरे पछि पाँचौ सेटमा प्रकास कम भएकोले खेल स्थगीत गरीएको आयोजकले जानकारी दिएको छ । दोश्रो सेमिफाईनलमा पश्चिमाञ्चल र न्यु डाईमण्ड विचको खेलमा २५–१९, २२–२५, २५–१७ र २३–२५ दुई दुई सेट जितेका थिए । सोमबार पुनः दोश्रो सेमिफाईनल खेल हुने खेल प्राविधिक संयोजक टहलसिंह थापामगरले जानकारी दिए ।
समुह एको उपविजेता पश्चिमाञ्चलले समुह बीको विजेता न्यु डाईमण्ड एकेडेमीसंग दोश्रो सेमिफाईनल खेलमा प्रतिष्प्रर्धा गर्ने यात्रा तय गरेको हो । राजधानिमा हालै सम्पन्न भएको ढोरपाटन कपमा एपिएफ विजेता, न्यु–डाईमण्ड उपविजेता र पुलिस तेश्रो भएका थिए ।
त्यसै गरी आईतबार पुरुष तर्फ लिग चरणका तीन वटा खेलहरु सम्पन्न भएका छन् । आईबतार भएको पहिलो खेला त्रिभुवन आर्मी क्लवले सुदुरपश्चिमाञ्चल विकास क्षेत्रलाई २५–२२, २५–१६ र २५–१९ को सोझो सेटमा पराजित गरेको हो । खेलमा आर्मीका मानहादुर श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए ।
अर्को खेलमा पनि विभागिय टोली एपिएफले जित हासिल गरेको छ । एपिएफले पुर्वाअञ्चललाई २५–१४, २५–१५ र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । एपिएफका भनबहादुर भट्ट क्षत्री म्यान अफ दी म्याचा घोषित भए । पुरुषतर्फ आईतबार भएको अन्तिम खेलमा आयोजक पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई २५–१६, २५–१६ र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । खेलमा पश्चिमाञ्चलका जिन प्रसाद श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .