BREAKING NEWS

Friday, February 13, 2015

वडा समितिको सभापतिमा पौडेल

 लेखनाथ, १ फागुन । 
नेपाली काँग्रेस लेखनाथ नगर वडा नं १८ इकाई समितिको सभापतिमा गुरुप्रसाद पौडेल चयन हुनुभएको छ । वडाको मनियलडाँडामा आज सम्पन्न कृयाशिल कार्यकर्ताहरुको भेलाले पौडेलको नेतृत्वमा  नयाँ कार्यसमिति चयन गरेको हो । समितिको सचिवमा कर्णकुमारी महत, कोषाध्यक्षमा यमुना भूजेल रहनुभएको छ ।
समितिका अन्य सदस्यहरुमा विष्णुप्रसाद आचार्य, शन्तबहादुर थापा, लोकबहादुर महत, गोविन्द लम्साल, उपेन्द्रराज आचार्य, मंगल वि.क., चित्रबहादुर नेपाली, शान्ति आचार्य, दलबहादुर भूजेल, राजबहादुर नेपाली, मीना पौडेल, कृष्ण खत्री, ओमनाथ आचार्य, सोमाया गुरुङ्ग, कमला पौडेल, चन्द्रप्रसाद सापकोटा, मधुमाया लामिछाने, दुर्गा के.सी, तुलसी दूरा र कृष्ण वि.क.लाई चयन गरिएको छ ।
      भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेस लेखनाथ नगर समितिका सभापति राजेन्द्रमणि लामिछानेले साविक भरतपोखरी गा.वि.स.लाई लेखनाथ नगरपालिकामा समायोजन गरे पछि पार्टी संगठन विस्तारका क्रममा वडा इकाई गठन गरिएको बताउनुभयो ।
      स्थानीयस्तरमा विद्यमान समस्यालाई समाधान गर्दै स्थानीयस्तरको विकास निर्माणका लागि पार्टीका तर्फबाट वडा इकाईका पदाधिकारीहरुले सकृया रुपमा काम गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस कास्कीका जिल्ला कार्यसमिति सदस्य केशरप्रसाद निर्दोर्षीले स्थानीय स्तरका विकास निर्माणका एवम् विद्यमान समस्याको समाधानका लागि पार्टीको स्थानीय नेतृत्व सकृय बन्नुपर्ने बताउनुभयो ।
 नेपाली काँग्रेस साविक भरतपोखरी गाउँ इकाईका सचिव गोपीराज अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा साविक भरतपोखरी इकाईका सचिव एवम् लेखनाथ नगरपालिका वडा नं १६ इकाईका सभापति रामचन्द्र पौडेल, वडा नं १७ का सभापति शरोजराज अधिकारी, नेपाल महिला संघ कास्कीकी जिल्ला कार्य समिति सदस्य शान्ता पौडेल  लगायतको उपस्थिति रहेको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .