BREAKING NEWS

Wednesday, February 25, 2015

डिफेण्डिङ्ग च्याम्पियन भ्यालिस्पोर्टस् क्लब इन्द्रेणीद्वारा पराजित


फागुन १३,पोखरा
इन्द्रणी एकिकृत विकास केन्द्रको आयोजनामा पोखराको टुडिखेलमा जारी दशौं जेसिभि इन्द्रेणी कप सेभेन ए साइड फुटवल प्रतियोगितामा डिफेण्डिङ्ग च्याम्पियन भ्यालि स्पोर्टस् क्लव प्रि क्वाटरफाइनलबाटै बाहिरिएको छ । आयोजक इन्द्रेणी संग सडन डेथमा ८–७ गोलले पराजित भएपछि भ्यालि प्रतियोगिताबाट बाहिरिएको हो । निर्धारित समयको खेल २–२ गोलमा टुंगिएको थियो । खेलमा भ्यालिको तर्फबाट कुमार गुरुङ्ग र तेन्जिङ्ग गुरुङ्गले एक एक गोल गरे भने आयोजकको तर्फबाट बिमल राना र विवश श्रेष्ठले गोल गरेका थिए ।

बुधबारको अर्को खेलमा सिद्धार्थ रंजितको निर्णायक गोलमा एलजी एशोशिएसनले एविसीलाई १–० गोलले पराजित ग¥यो । त्यस्तै संगमले एवाइसीलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दा राकेश गुरुङ्ग एक्लैले ५ गोल गरे । सरोज तामाङ्गले थप दुई गोल गरेका थिए । प्रतिस्प्रधात्मक खेलमा योङ्गस्टार विजयपुरलाई २–१ गोलले पराजित गर्दै एसवासी वि १३ बाँझापाटनले पनि जित हाँसिल ग¥यो ।

वाँझापाटनको तर्फबाट सुसिल लामा र सञ्जयले एक एक गोल गरे भने योङ्गस्टारको तर्फबाट बेलप्रसाद गुरुङ्गले गोल गरेका थिए । प्रतियोगिता अन्तर्गत विहिबारदेखि क्वाटरफाइनलका खेलहरु हुने केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । बिहिबार गौरिघाट र एलजी एशोसिएसन, एसवासी र पाटन युनाइटेड, विष्णु पादुका र संगम तथा हिमालयन क्लव र इन्द्रेणी विच प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .