BREAKING NEWS

Friday, February 13, 2015

मनाङ मस्र्याङदी आहा राराको फाइनलमा

पोखरा, १ फागुन
मनाङ मस्र्याङदीले आहाको १३ औं सस्करणमा फाईनल प्रवेश गरेको छ । पहिलो सहभागितामा सेमिफाईनलसम्मको यात्रा तय गरेको सुदुरपश्चि क्लवलाई मनाङले २—० को इज्जतिलो नजिताँसगै टिकट काट्यो । राष्ट्रिय लिगमा सुदुरपश्चिम मनाङसित ३—० गोलले पराजित भएको थियो । मनाङ आहा राराको फाइनलमा प्रवेश गरेको आठौ पटक हो ।
लिगको भन्दा सुधारीको खेल पोखराको मैदानमा प्रर्दशन गर्दा दर्शकको हुटि समेत सुदुरपश्चिमलाई थियो । मनाङका लागी खेलको १७ औ मिनेटमा टिम क्याप्टन समेत रहेका अनिल गुरुङ्गले गोल गरेका थिए । उनले सुजल श्रेष्ठको पासमा भलि हान्दै गोल गरेका थिए । मनाङको जित सुनिस्चित गर्न खेलको अतिरिक्त समयमा सुजल श्रेष्ठले गोल गरे । उनले सुलभ मास्केले दिएको पास पासलाई डि बक्सबाट कडा प्रहार गोलमा परिणत भएको थियो । यो प्रतियोगितामा अनिल र सुजल ३ ÷३ गोल गर्दै हाइस्कोर छन् ।
खेलको १२ औ मिनेटमा सुदुरपश्चिम लागी विदेशी खेलाडी आवाले मनाङका कृष्ण कुबरलाई छल्दै प्रहार गरेको बल मनाङ गोल रक्षक विशाल श्रेष्ठले विफल बनाए पछि सुदुर पश्चिमले अग्रता लिने मौका गुमाएका थिए । त्यसै गरि ८० औ मिनेटमा शिव सुबेदीले डि बक्सबाट गरेको आक्रषक प्रहार मनाङका गोल किपरले बिफल बनाउदा बराबरी गोल फर्काउन मौका गुमाएका थिए ।
खेलको २५ औ मिनटे डिबक्समा भित्र दिपक राईले दिएको छोटो पास मनाङका शिव श्रेष्ठले प्रहार गर्दा पालमा लागेर बाहिरीदा मनाङले गोल अन्तर दोबर बनाउने मौका गुमाएको थियो । त्यसै गरि ६२ औ मिनेटमा दिपक राईको कर्नरकलाई डाडोजले प्रहार गर्दा सुदुरपश्चिमाका गोल रक्षक विरेन्द्र बहादुर चन्दले बिफल बनाएका थिए । सुदुरपश्चिमाका प्रशिक्षक किरण श्रेष्ठले स्टार खेलाडी भएको मनाङ सगँ राम्रो खेलको बताए । उनले लिगमा खेले भन्दा खेलमा धेरै सुधार आएको बताउदै पाएका चान्सलाई गोलमा परिणत गर्न नसक्दा हार्नु परेको बताए ।
मनाङका प्रशिक्षक राजुकाजी शाक्यले टिम सेट हुन अझै बाकी रहेको बताउदै मौका पाए अनुसार गोलमा परिणत गर्न नसकेको बताए । सुदुरपश्चिमा सगँ राम्रो खेलेको बताउदै फाइनलमा विश्राम नपाउदा खेलाडीलाई खल्न अप्ठ्रो हुने बताए । थ्री स्टार सगँको खेल निकै प्रतिस्पधात्मक हुने बताए । शनिवारको फाइनल खेल मनाङ मस्याङ्गदी र थ्री स्टार विच खेल हुनेछ । यस अगाडी यी दुई टिम आहा राराको फाइनलमा दुई पटक भिडिसेका छन् । दुबै खेलमा थ्री स्टार विजयी भएको छ । मनाङ र थ्री स्टारले आहा राराको उपाधि तीन तीन पटक चुमिसकेको छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .