BREAKING NEWS

Monday, February 2, 2015

आहा राराको १३ औं सस्करणको तयारी पुरा


पोखरा, १८ माघ/सहारा क्लबको आयोजनामा हुने १३ औ सस्करणको फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । १२ दिने फुटबल प्रतियोगितामा काठमाडौंका ए डिभिजन क्लब, मोसफल अर्थात पुर्व मेचीदेखि महाकालीसम्मका फुटबल क्लबले प्रतिस्पर्धा गर्दै छन् । उपाधिको लागि आमन्त्रित टोलीको रुपमा युके र भारतको टोली समावेश रहेका छन् ।
प्रतियोगितामा सर्वाधिक सफल टिमहरु लक्ष्मी हुण्डाई मनाङ्ग मस्र्याङ्गदी क्लब, नेपाल पुलिस क्बल, थ्रिस्टार क्लब, नेपाल ए. पि. एफ क्लब त्रिभुवन आर्मी क्लब, झाा एघार फुटबल क्लब, जगदम्बा लुम्बिनि फुटबल क्लब, सुदुरपश्चिमाञ्चल फुटबल क्लब, कौलाली, नव जन जागृति युवा क्लब, सिमरा, अल्ट्रसट टाउन एफ.सी. यू.के., कञ्चनजङ्गा फुटबल क्लब, भारत र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने छन् । उपाधि विजेता टोलीले नगद ४ लाख ११ हजार जित्ने छ । उपविजेताले दुईलाख ६१ हजार रुपियाँ पाउने सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । म्यान अफ दी म्याच ट्रफीको प्रायोजन सहारा यू.के.ले गरेको छ । पोखरा उद्योग वाणिज्य संघ सर्वाधिक गोलकर्तालाई पुरस्कार नगद १५,००० हजार प्रदान गर्ने छ । उत्कृष्ट खेलाडी पुरस्कार टि. भि. एस. मोटर साईकलको प्रायोजन टि. भि. एस. र सहारा यू.केले संयुक्त रुपमा गरेका छन् । उत्कुुष्ट पाँच विधा ट्रफी पुरस्कार प्रायोजकको पुरस्कार प्रायोजन सहारा यू.के गरेको छ । उत्कुुष्ट पाँच विधा नगद पुरस्कार प्रायोजक भने प्रत्येक विधामा नगद रु. १०,००० प्रदान गरिने छ । मुख्य प्रायोजक रारा तयारी चाउचाउ रहेको छ । प्रतियोगिताको सम्पन्न गर्न ७३ लाख ३४ हजार खर्च लाग्ने र ९५ लाख ९७ हजार आम्दानी गर्ने लक्ष्य रहेको आचार्यले बताए । पत्रकार सम्मेलनमा पुर्व फुटबल खेलाडी एवं सगरमाथा आरोहणको अभियानमा जुटेका एचआईभि संक्रमित गोपाल श्रेष्ठलाई तमु धि युकेले एकलाख ८२ हजार रुपियाँ आर्थिक सहयोग गरेको थियो ।


Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .