BREAKING NEWS

Wednesday, February 18, 2015

जंगल फेस्टिभलमा डि मर्चाको “शिवजीको कैलाश”, राउटेको “रेशम फिरिरी”


मंगलबार शिवरात्रीको साँझ जंगल फेस्टिभलमा दर्शकहरु निकै झुमे । साँझ परेसँगै पोखराको चर्चित ब्याण्ड डि मर्चा स्टेज उक्लेपछि एकाएक माहौल तात्यो । भास्करले ब्याण्डका आठ वटा चर्चित गीत गाएका थिए ।
देशको समस्याको कुरा समेटिएको गीतसँगै प्रस्तुती शुरुवात गरेका भास्करले शिवरात्रीको दिन भगवान शिवसँगै सम्बन्धित गीत शिवजी कैलाशैमा भन्दै कन्सर्ट टुंगाएका थिए । वान्स मोरको चर्को आवाज आएपनि आयोजकले समय सिमित भएको भनेपछि मंगलबारको सम्पूर्ण कार्यक्रमहरु सकिए । फेस्टिभलमा दिउँसो लोकदोहोरी गीत, हाँस्यव्यङ्ग प्रस्तुतीसँगै प्रतिबिम्ब र लक्ष्य ब्याण्डले दर्शकलाई मनोरन्जन दिएका थिए ।
यस्तै अछामबाट आएका राउटेहरुको समुहले गाएको रेशम फिरिरी गीतलाई पनि दर्शकले निकै रुचाए । राउटेहरुले गीत गाईरहँदा दर्शकहरुले पनि उनीहरुलाई साथ दिएका थिए । मंगलबार शिवरात्रीको दिन अत्याधिक दर्शकले जंगल फेस्टिभलमा अवलोकन गरेका छन् । आयोजकको दाबी अनुसार अहिलेसम्मकै सबैभन्दा बढि २० हजार दर्शकले टिकट काटेर फेस्टिभल हेर्न आएका छन् । दिनानुदिन दर्शक सँख्या बढ्दै गएको आयोजकले बताएको छ । अहिलेसम्म करिब ५० हजार दर्शकले फेस्टिभल अवलोकन गरिसकेका छन् ।
फेस्टिभल अन्तरगत बुधबार फेस्टिभलमा सुगम पोखरेलको विशेष प्रस्तुती रहनेछ । त्यस्तै फेशन शो पनि विशेष आकर्षण हुने आयोजकले बताएको छ । चितवनको थारु नाचसँगै काठमाण्डौ सर्कसको प्रस्तुती पनि हुनेछ ।
जंगल भित्र प्रत्यक्ष रुपमा अष्ट्रीच, इमु, मुसाका प्रजाति, खरायो, लेकमा पाइने भेडा, चौरी, बाँदरका विभिन्न नयाँ प्रजातिका चरा देख्न पाईने आयोजकले बताएको छ । डाँफे होटलले जंगल भित्र सिस्नोको मःमः विक्रि गर्दै आएको छ भने बाजेको सेकुवामा अष्ट्रिचको विभिन्न परिकारहरु समेत दर्शकहरुले निकै रुचाएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .