BREAKING NEWS

Sunday, February 22, 2015

फालिएको प्लाष्टिक बोटलबाट सौर्य उर्जा

पोखरा १० फागुन
जापान नेपाल मैत्री केन्द्रको आयोजनामा पोखरामा एकदिने सौर्य बत्ती जडान तालिम सम्पन्न भएको छ । पोखरामा यत्रतत्र रुपमा छरिएर रहेका प्लाष्टिकको पेट बोटललाई विभिन्न प्रविधीबाट सौर्य उर्जा प्रदान गर्ने उद्देश्यका साथ उक्त तालिमको आयोजना गरिएको जापान नेपाल मैत्री केन्द्रका अध्यक्ष डा. दिलिप बिक सुनारले जानकारी दिनुभयोे ।
पोखरा ६ गाईघाटमा सम्पन्न उक्त तालिममा होकाइदो इन्फोमेशन युनिभर्सिटी जापानका ६ जना बिद्यार्थीहरुले यत्रतत्र फोहोरका रुपमा छरिएर रहेका प्लाष्टिकका बोटललाई विभिन्न केमिकलको प्रयोग गरी सौर्य उर्जामा परिणत गरेर देखाएका थिए । युनिभर्सिटीका प्रोफेसर मिचले उक्त तालिमको सहजीकरण गर्दै पहिलो चरणमा पोखराको गाईघाटमा रहेको कोपिला पाठशालामा दुइवटा सौर्य बत्ती परिक्षणका लागी जडान समेत गरेका छन ।
तालिममा युनाइटेड क्लव पोखरा अमरसिंह चोकका ५ जना पुरुष र ५ जना महिलाको सहभागीता रहेको थियो । जसमा पुरुषको तर्फबाट गणेश तिमिल्सिना र महिलाको तर्फबाट साबित्री थापाको संयोजकत्वमा गाईघाट महिला सीप मुलक तालिम केन्द्रलाई उक्त प्रशिक्षण दिइएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .