BREAKING NEWS

Saturday, February 7, 2015

पत्रकार सुरेन्द्र पौडेल पृथ्वी पुरस्कारबाट सम्मानीत

पोखरा, २४ माघ
पृथ्वी राजमार्ग बस सञ्चालक समितिले स्थापना गरेको पृथ्वी पत्रकारीता पुरस्कारबाट पत्रकार सुरेन्द्र पौडेल सम्मानीत भएका छन् । यातायातको समस्या र सम्भावनाका क्षेत्रमा निरन्तर कलम चलाएको भन्दै समितिले पौडेललाई सम्मान गरेको हो ।
पौडेललाई यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष दिनेश भण्डारी पृथ्वी राजमार्ग बस व्यवसायी समितिका अध्यक्ष ऐनकुमार साइ, नेपाल पत्रकार महासघं कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले सम्मान गरेका हुन् । उनलाई नगद १० हजार रुपैया, सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन् ।

समितिले अबदेखि वर्षेनी यातायातको क्षेत्रमा कलम चलाउन एकजना पोखरेली पत्रकारलाई सम्मान गर्ने भएको छ । समितिको ४३औं वार्षिकोत्सवको अवसर पारेर पौडेललाई सम्मान गर्ने शनिवार सम्मान गरेको हो । पौडेल पत्रकार पोखराबाट प्रकाशित हुने समाधान दैनिक, काठमाडौबाट प्रकाशित हुने आर्थिक अभियान दैनिक र एविसि टेलिभिजनमा कार्यरत छन् ।पृथ्वी राजमार्ग बस सञ्चालक समितिले ४३औं वार्षिकोत्सवका अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुले शुभकामना दिदै यातायात क्षेत्रका दुःख सरकारले नबुझेको गुनासो गरेको थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .