BREAKING NEWS

Monday, February 9, 2015

स्याक्लुङकोटको हंसपुरमा टावर बनाउन सहयोग शुरु


पोखरा, २५ माघ
हंसपुर गाविस–७ स्याक्लुङकोट गाउँको पर्यटन पदमार्ग तथा भैरुम भूमेकोट मन्दिर निर्माण समितिलाई आर्थिक सहयोगको शुरुवात भएको छ । समितिका संयोजक समाजसेवी कौशिला गुरुङले ५५ हजार ५ सय ५५ रुपैयाँ र जुनीजुनी चलचित्र युनिटले ५० हजार ५० रुपैयाँ सहयोग गर्नु भएको छ । समितिको बैठकले स्याक्लुङकोट पर्यटन पदमार्ग तथा भैरुम, भूमेकोट मन्दिर निर्माण समिति नामाकरण गरी आर्थिक सहयोग जुटाउन पहल गरेको हो ।
रोयल ट्रेकको प्रमुख गन्तव्य स्याक्लुङकोटको बृहत्तर विकासका लागि माघ ५ गते सम्पन्न भेलाले समाजसेवी कौशिला गुरुङको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएकोमा नामाकरण गर्न बाँकी रहेको थियो । सन् १९८० को दशकमा बेलायतका राजकुमार चाल्र्सले पदयात्रा गरी बास बसेको स्याक्लुङकोट गाउँ चाल्र्सको पदयात्रापछि रोयल ट्रेकको नामले प्रख्यात छ । स्याक्लुङकोटमा रहेको पुरातात्विक महत्व बोकेको भैरुमकोट र भूमेकोटको संरक्षण गरी नयाँ मन्दिर निर्माण र गाउँघरमा जीर्ण अवस्थामा रहेका पदमार्गलाई पुनः निर्माण गरी पर्यटकीय सौन्दर्यतामा टेवा पु¥याउने उद्देश्यले समिति गठन भएको हो । स्याक्लुङकोट गाउँको पर्यटन पदमार्ग तथा भैरुम, भूमेकोट मन्दिर निर्माणको लागि आर्थिक सहयोग जुटाउने काम शुरुवात भएको समितिका सह–संयोजक तथा चर्चित चलचित्र निर्देशक माओत्से गुरुङले बताउनु भयो । उहाँले भन्नुभयो, द्रुत गतिमा काम अघि बढेको छ, स्याक्लुङकोटको बृहत्तर विकासका लागि देश विदेशमा रहनु हुने सम्पूर्ण स्याक्लुङबासी, इष्टमित्र, शुभचिन्तक र आफन्तको साथ र सहयोगबाट अभियानलाई सफल पार्नेछौ । स्याक्लुङकोट लेखनाथको विजयपुरबाट शुरु भइ कालिका गाविस, हंसपुर गाविसको स्याक्लुङ, रुपाकोट गाविस, तालबेसी, बेगनासताल हुँदै चार दिनमा पोखरा फर्कने पदयात्रा रोयल ट्रेकको प्रमुख गन्तव्यस्थल हो । सामुन्द्रिक सतहदेखि १४२५ मिटरको उचाईमा अवस्थित हंसपुरको सर्वाधिक उच्चस्थान स्याक्लुङ भैरुमकोट र करीव १२ सय मिटर उचाईमा बाघेपोखरीमा अवस्थित भूमेकोट हंसपुरबासी र शुभचिन्तकको आस्था र विश्वासका साथ पूजा अर्चना गर्दै आएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .