BREAKING NEWS

Wednesday, February 11, 2015

टाइपिङ प्रतियोगिताको तयारी तिब्र

पोखरा, २८ माघ/पोखरामा सञ्चालन हुन लागेको ‘बृहत सूचना तथा प्रविधि मेला’मा आयोजना हुने क्षेत्रीयस्तरको खुल्ला टाइपिङ प्रतियोगिताको तयारीलाई तिब्र बनाइएको छ । कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) कास्कीको आयोजनामा उक्त मेलामा कास्की जिल्लास्तरको टाइपिङ प्रतियोागिता पनि हुँदैछ ।
जिल्लास्तरको प्रतियोगितामा उत्कृष्ट हुने ३ जनाले क्षेत्रीयस्तरको प्रतियोगितामा सहभागी हुन पाउने प्रतियोगिताका संयोजक विकास भुर्तेलले जानकारी दिए । ‘प्रतियोगिताको तयारीलाई तिब्र बनाइएको छ,’ उनले भने, ‘प्रतियोगितामा सहभागी हुन चाहनेका लागि फर्म खुलिसकेको छ ।’
कास्कीसहित यस क्षेत्रका अन्य जिल्लाबाट उत्कृष्ट हुनेहरुले पनि क्षेत्रीयस्तरको प्रतियोगितामा सहभागी हुनेछन् । ‘उत्कृष्ट हुने विद्यार्थीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ,’ उनले भने । छैटौं संस्करणको मेला आगामी फागुन ८ देखि ११ गतेसम्म प्रदर्शनी केन्द्रमा हुँदैछ । उक्त प्रतियोगितालाई मेलाको मुख्य आकर्षणका रुपमा लिइएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .