BREAKING NEWS

Sunday, February 1, 2015

लेखनाथ नगरपालिका स्थापना दिवशसमा रक्तदान र मधुमेह तथा उच्च रक्तचाप सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाण्डौ, २०७१ माघ १८ गते
लेखनाथ : लेखनाथको नगरपालिकाको १९ औं स्थापना दिवशको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १९ युनिट रगत संकलन भएको छ । नगरपालिकाले स्थापना दिवसको अवसरमा सरसफाई तथा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत रामचन्द्र पौडेलले पहिलो रक्तदाता अखण्ड पार्टी नेपाल लेखनाथ नगरसमितिका अध्यक्ष मोती गिरीलाई ब्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गर्नु भएको थियो । उघाटन गर्दै कार्यकारी अधिकृत पौडेलले स्थापना दिवसका अवसरमा छोटो समयमा कार्यक्रमको व्यवस्थापन गरिएको उल्लेख गर्दै, हरेक ३÷३ महिनामा खेर जाने रगत दान सवैदानहरु मध्ये उत्कृष्ट दान भएको बताउनु भयो ।
नगरपालिका स्थापना दिवसकै अवसरमा लेखनाथको तालचोकमा रहेको रुपा फार्मेसीले मधुमेह तथा उच्च रक्तचाप सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको शुभारंभ गर्दै नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत पौडेलले नियमित व्यायाम र खानपानका कारणले हजारौं मानिस मधुमेह र उच्च रक्तचापबाट पिडित भएको उल्लेख गर्नु भयो । उहाँले नीजिस्तरबाट संचालन भएको स्वास्थ्य संस्थाले नगरपालिकाको स्थापना दिवशमा महत्वपूर्ण विषयमा जनचेतना अभिबृद्धि गरेर सामाजिक उत्तरदायित्व पुरा गरेको बताउनु भयो । फार्मेसीका संचालक प्रदिप ओझाले नियमित व्यायाम र खानपानलाई सन्तुलित गर्न सके उच्च रक्तचापको जोखिमबाट बच्न सकिने उल्लेख गर्नु भयो । ओझाले मद्यपान, धु्रमपान र चिल्लोजन्य पदार्थको सेवन कम गर्न सुझाव दिदै, नियमित स्वास्थ्य परिक्षण गर्नु पर्नेमा समेत जोड दिनु भयो ।
कार्यक्रममा ५३ जनाको मधुमेह परिक्षणका लागि रगतको नमूना संकलन गरिएको ओझाले जानकारी दिनु भयो । नगरका सवै वडामा उच्च रक्तचाप र मधुमेह सम्वन्धी जानकारीमुलक जनचेतनाको कार्यक्रम लिएर जाने समेत ओझाले जानकारी दिनु भयो ।
यसअघि नगरपालिका परिसरमा सरसफाई गरिएको थियो । सरसफाईमा नगरस्तरिय राजनितिक दल, नगरपालिकाका कर्मचारी र नगरवासीहरुको सहभागिता रहेको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .