BREAKING NEWS

Thursday, February 12, 2015

३ महिने बुटिक डिजाईनिङ शिप विकास तालिम सम्पन्न


लेखनाथ २९, माघ

लेखनाथ उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग कार्यालय, कास्कीको संयुक्त आयोजनामा संचालित तिन महिने बुटिक डिजाइनिङ शिप विकास तालिमको एक भव्य समारोह विच समापन गरिएकोे छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कृष्णप्रसाद आचार्यले तालिमका सहभागिहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नुहुदैं सवै सहभागीहरुले स्वयं आत्मनिर्भर हुन रं सवैले सिकेको कुरालाई व्यवहारमा उतारी व्यवसायी वन्नका लागि आग्रह गर्नुभएको थियो ।

त्यसै गरि कार्यक्रमका विशिष्ट अतिथि एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बावुराम गिरीले सवैलाई व्यवसायीक तर्फ उन्मुख हुन र आफ्नो शिपको माध्ययमबाट आयआर्जन गर्न यस तालिम फलदायी हुने विश्वास राख्नुहुदैं सवैलाई शुभकामना दिनुभएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघकी महिला उद्यमी विकास उपसमिति संयोजक एवं कार्यसमिति सदस्य गितादेवी सुवेदीको अध्यक्षतामा आयोजना गरिएको समापन कार्यक्रममा प्रगतिशिल महिला समुहकी अध्यक्ष इन्दिरा तिवारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, नेपाली कांग्रेस नगर उपसभापति डम्बर वहादुर थापा, नेकपा एमालेका अध्यक्ष मोहन गुरुङ, जिविस उपसमिति महिला उपाध्यक्ष तारादेवी अधिकारी, नेपाली काग्रेस वडा सचिव गजेन्द्र च्वाई, लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य मेनुका श्रेष्ठ, सम्झौता आमा समुहकी अध्यक्ष पार्वती आचार्य लगायतले यस किसिमका आयमुलक र शिपमुलक तालिमबाट महिला दिदी वहिनीले आफ्नो आत्मविश्वास बढाउदै जानुपर्नेे र यसबाट आफ्नो क्षेत्रमा अगाडि बढ्न सहज हुने हुदां तालिमका प्रमाणपत्र भित्ताहरुमा मात्र सिमित नरही, सवैलाई उद्यमी बनि परिवार तथा देशलाई नै आयश्रोतको हिसावबाट अगाडि बढाउनसहभागीहरुलाई शुभकामना दिनुभएको थियो ।

लेखनाथ नगरपालिका वडा नं १२ का आठ महिला समुह तथा टोलिविकास समितिका गरि जम्मा २६ जना सहभागिहरुले साडी, बुलज, सल, व्याग, कुर्ता आदिमा हातको आधुनिक बुटिक डिजाईनिङ तथा कडाई गरेका थिए । उक्त अवसरमा तालिम प्रशिक्षणका लागि आफ्नो भवन तिन महिनासम्म निशुल्क उपलव्ध गराई सहयोग गर्ने मिलनशिल आमा समुह लेनपा १२  लाई विशेष धन्यवाद दिईएको थियो ।

उक्त कार्यक्रममा सहभागिहरुको तर्फबाट ज्योति श्रेष्ठले तालिम अति फलदायि भएको कुरा बताउनुभएको थियो भने प्रशिक्षक गिता रेग्मीले सम्पूर्ण सहभागिले लगनशिल र एक चित्त भई तालिम लिएको वताउनुहुदैं सवैलाई उद्यमी बन्न आग्रह गर्नुभएको थियो ।

नारी विकास आमा समुहकी निवर्तमान अध्यक्ष जानुका अधिकारीले संचालन गर्नुभएको उक्त कार्यक्रममा उत्कृष्ट प्रशिक्षाथी पुष्पा क्षेत्री, रिता तिलिजा र ज्योति श्रेष्ठलाई सम्मान गरिएको थियो भने समापन कार्यक्रमका दिन नै १०० पिस बुटिक व्यागको अडर आएकाले सहभागी सवै उत्साहित भएका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .