BREAKING NEWS

Monday, February 2, 2015

विरामीको मृत्यु भए पछि मणिपाल अस्पतालमा तोडफोड्, मृत्यु डाक्टरकै लापरबाहीले भएको आफ्न्तको आरोप

पोखरा, १९ माघ /
डाक्टरको लापरबाहीले उपचारको क्रममा विरामीको मृत्यु भएको भन्दै ४ दिन देखि आन्दोलनरत विरामीका आफ्न्तले पोखराको मणिपाल शिक्षण अस्पतालमा तोड्फोड् गरेका छन् । मणिपाल शिक्षण अस्पतालमा शल्यक्रियाको क्रममा बिरामीको ज्यान गएपछि आफ्न्तहरुले अस्पताल तोड्फोड गरेका हुन् । आफ्न्तले तीन दिन देखि अस्पतालमा परिसरमा धर्ना दिएका थिए ।
विरामीको मृत्यु भए पछि मणिपाल अस्पतालमा तोडफोड्, मृत्यु डाक्टरकै लापरबाहीले भएको आफ्न्तको आरोप सोमबार उनिहरुले अस्पतालका सिसा र काउन्टरमा तोड्फोड् गरेका छन् । चिकित्सकले पोखरा १६ बाटुलेचौरकी २२ वर्षीया सबिना जिसी तामाङको माघ १५ गते विहीबार कलेजेको शल्यक्रिया गरेका थिए । शल्यक्रिया पछि अस्पतालले सफल भएको बताए पनि अपरेशनकै क्रममा ज्यान गएकाले तीन दिनसम्म बिरामी बेहोस भन्दै अस्पतालले झुट बोलेको मृतकका आफन्तको भनाई छ ।
शल्यक्रिया पछि १२ घण्टासम्म होस नखुलेपछि परिवारलाई जानकारी नै नगराई होस नखुलेको बिरामी पोष्ट अपरेटिभ वार्डमा सारेर गैरजिम्मेवार कार्य गरेको, आँखामा पट्टी बाँधेर मुखमा भ्याकुम दिएर जिवितै भएको नाटक गरेर दुई दिनसम्म आफूहरुलाई गुमराहमा राखेको मृतक श्रीमान् अनिल तामाङले बताए । अस्पताल प्रशासन र मृतकका आफ्न्त विच अहिले बार्ता भैरहेको छ । तामाङकी ४ वर्षिया छोरी छन् । मृतककी आमा यशोदा जिसी मणिपला शिक्षण अस्पतालमा १५ वर्षदेखि कार्यरत रहेकी छन् ।
Via: Ganthan

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .