BREAKING NEWS

Saturday, January 17, 2015

मनाकामना केवुलकार पाेखरा कपकाे उपाधी पुलिसलाइ


३ माघ, पोखरा । 
पोखरेली मैदानमा थ्रि स्टार पाँच मिनेट सम्हालीन नसक्दा नेपाल पुलिस क्लब मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिता नयाँ च्याम्पियन बनेको छ । पोखरा रगंशालामा शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबले स्टार खेलाडिले भरिएको थ्रि स्टार क्लबलाई सडनडेथमा ४—३ को जित निकाल्दै च्याम्पियन बनेको हो । विजेता पुलिसले उपाधि सहित नगद ३ लाख ५१ हनार टफि, मेडल र प्रमाणपत्र जित्दा उपविजेता थ्रि स्टारले २ लाख एक हजार, टफी,मेडल र प्रमाणपत्र प्राप्त गयो । खेलमा उत्कृष्ठ पुरागमन गरेको पुलिसले उपाधिको लागि एकसय २० मिनेटपछिको सघर्षपूण खेल जित्न सडनडेथको सहारा लिनुपयो । ४९ औ मिनेटमा थ्रि स्टारका बिक्रम लामाले गोल गदै खाता खोल्नु भयो ।
जगजित श्रेष्ठले प्रहार गरेको फ्रिकिकमा लामाले हेड गोल गदै खाता खोल्नु भएको हो । पोखरा रगंशालामा उपस्थित हजारौ समर्थकले शुखी मनाए । तर थ्रीस्टारले त्यो उत्साह बाँड्ने अवसर केवल चार मिनेटमात्रै रह्यो । खेलको १५ औ मिनेटमा क्रसबारमा लागेर बल फर्किएपछि अभागीको संकेत देखाएको पुलिसले ८३ औं मिनेटमा बराबरी गोल फर्काउँदै खेल अतिरिक्ति समयहुदैं पेनाल्टीसम्म पुग्यो ।
डिवक्सबाहिरबाट दिपेन श्रेष्ठले दिएको पासलाई डिवक्स भित्र रहनु भएका सिलवालले बललाई पोष्टको दिशा दिएपछि खेल एक एकको बरावरीमा आयो । निधारित ९० मिनेटको खेल एक एक गोलमा सकिएपछि थप गरिएको अतिरिक्त ३० मिनेटमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुउट आउट र सडनडेथमा पुगेको हो ।प्रतियोगिताको उत्कृष्ठ खेलाडी घोषित भोला सिलवाललाई मोटरसाईकल प्रदान गरियो । स्ट्राईकर सन्तोष साहुखल(थ्रीस्टार), उत्कृष्ठ मिडफिल्ड हेमन गुरुङ(पुलिस), उत्कृष्ठ गोलकिपर रितेश थापा(पुलिस), उत्कृष्ठ प्रशिक्षक विराटकृष्ण श्रेष्ठ(पुलिस), उत्कृष्ठ डिफेन्स दिपेन श्रेष्ठ(पुलिस) घोषित भए ।
उनीहरुलाई नगदसहित ट्रफीबाट सम्मानित गरिएको थियो । प्रतियोगिताको समापन समारोहमै नेपालको फुटबल विकासमा महत्वपूर्ण भूमिका खेल्ने मणि शाह, पोखरेली अग्रज फुटबलर डम्बरलाल माकाजू, सुकबहादुर गुरुङलाई सम्मानित गरिएको थियो ।उहाँहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । प्रतियोगिताको मुख्य प्रायोजक मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबावु श्रेष्ठ लगायतले पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .