BREAKING NEWS

Friday, January 9, 2015

पोखरा उपमहानगरपालिकाको बजेट ७४ करोड, फेवाताल संरक्षणमा जाेड


२५ पुस, पाेखरा ।
पोखरा उप–महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७२ंं/७३ का लागि ७४ करोड रुपैयाकाे बजेट नीति तथा कार्यक्रम प्रस्ताव गरेको छ । उप–महानगरपालिकाको १९ औं नगरपरिषदमा कार्यकारी अधिकृत महेश बरालले ७४ करोड १४ लाख ७६ हजार रुपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरेका हुन् । यो चालू आर्थिक बर्ष २०७१/०७२ को तुलनामा ३० दशमलव ५९ प्रतिशत बढी हो ।
 कार्यकारी अधिकृत बरालले पूर्वाधार तथा संरचना विकासतर्फ ३८ करोड ५१ लाख ५० हजार अर्थात् कुल बजेटको ५२ प्रतिशत बजेट प्रस्ताव गरेका छन्ग । जनसंख्या तथा सामाजिक विकासतर्फ कुल बजेटको १४ प्रतिशत अर्थात् १० करोड ४४ लाख ३७ हजार रुपैयाँ अनुमान गरिएको छ । त्यस्तै कृषि, वन तथा वातावरणतर्फ ५ करोड ९६ लाख अर्थात् कुल बजेटको ८ प्रतिशत, भूमि तथा जलश्रोततर्फ २ करोड ६० लाख अर्थात् ४ प्रतिशत र प्रशासन तथा संगठनतर्फ कुल बजेटको २२ प्रतिशत अर्थात् १६ करोड ६२ लाख ८९ हजार रुपैयाँ बजेट प्रस्ताब गरिएको छ ।
 आगामी आर्थिक बर्षको लागि पोखरा उप–महानगरपालिकाले कूल बजेटमध्ये आन्तरिक आम्दानीतर्फ ३९ करोड ९४ लाख ७६ हजार र बाह्य आम्दानीतर्फ ३४ करोड ३० लाख रुपैयाँ प्रक्षेपण गरेकाे छ । आन्तरिक आम्दानी तर्फ आगामी बर्ष प्रस्ताबित रकम चालुृ आबको तुलनामा ३५ दशमलव ८७ प्रतिशत बढी हो । त्यस्तै बाह्य तर्फ चालु आबको भन्दा २४ दशमलव ९५ प्रतिशत बढी हो । आर्थिक बर्ष ७०र७१ मा आन्तरिक आय २३ करोड ९५ लाख तथा बाह्य अनुदान १७ करोड ५७ लाख गरी ४१ करोड ९३ लाख अनुमान गरिएकोमा आन्तरिक तर्फ ३० करोड ५ लाख र बाह्य तर्फ २० करोड ७ लाख यथार्थ आय भई लक्ष्य भन्दा ११६ प्रतिशत प्रगति भएको कार्यकारी अधिकृत बरालले बताए । 
प्रस्ताबित बजेट, नीति तथा कार्यक्रममा फेवाताल संरक्षणलाई उच्च प्रथामिकतामा राखिएको छ । फेवातालसंग जोडिएका गाबिसहरु पोखरा उपमहानगरपालिकामा गाभिएपछि तालको स्वामित्वमा बिबाद नरहेकाले संरक्षणको लागि कार्यालय स्थापना गरिएको र त्यसको संचालनको लागि चालु आब १३ लाख तथा आगामी आर्थिक बर्षको लागि ५० लाख बजेट बिनियोजन गरिएको छ । त्यस्तै सुचना प्रबिधिको बिकास र प्रयोग, शहरी सौन्दर्यीकरण आयोजना , पर्यटकिय पूर्वाधार निर्माण लगायतलाई पनि प्रथामिकतामा राखिएको छ । पोखरा उपमहानगरपालिकामा हालैमात्रै समाहित भएका १० गाबिस मध्ये साविकको हेमजा, सराङकोट र पुम्दीभुम्दीलाई दुई वटा वडा कायम गर्नको लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराईएको बरालले बताए । 
गत बर्षमा सुरु भएर भुक्तानी हुन नसकेका क्रमागत योजनाहरुका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । वडास्तरीय योजना तर्फ भवन निर्माण, सडक ग्राभेल प्रकृतिका कुनै पनि योजना सञ्चालन नगरिने र ढलान सडकलाई प्राथमिकता दिने कार्यकारी अधिकृत बरालले जानकारी दिए । 
यस्तै आर्थिक बर्षको चैत्र मसान्त सम्म सम्झौता हुन नआएका योजनाहरुलाई वढी लागत सहभागिता हुने योजनाहरुमा रकमान्तर गर्ने बताईएको छ । एक घर दुई रुख, अपाङ्ग मैत्री, वालमैत्री, तथा भु–कम्प प्रतिरोधात्मक संरचना निर्माण गर्ने नीति, एवं प्रत्यक्ष रोजगारी सृजना गर्ने कम्तीमा एक आयोजना महिला कै सहभागितामा मात्र सञ्चालन गर्ने जस्ता कार्यक्रमलाई पनि निरन्तरता दिँदै लैजाने नीति लिईएको छ । परिषदकाे नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले उद्घाटन गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .