BREAKING NEWS

Saturday, January 31, 2015

सनराईज क्लवको रक्तदानमा ३२ युनिट संकलन


लेखनाथ, १७ माघ ।
सहिद दिवसको सन्दर्भ पारेर लेखनाथ ३ अघौँमा रहेको सनराईज क्लवले रक्तदान कार्यक्रम सम्पन्न गर्याे । शनिवार क्लवको भवन परिसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ । रक्तदान नै जीवन दान भन्ने मान्यतालाई सार्थक तुल्याउन क्लवले गरेका यस्ता कार्यहरु सराहनीय भएका प्रमुख अतिथी समाजसेवी दीर्घ बहादुर जि . सीले वताए ।
        क्लवका अध्यक्ष राजबहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र पोखराका प्रतिनिधी महेन्द्र के. सीले ४५ किलो भन्दा बढी तौल भएको हरेक स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्ने भएको वताउदै रक्तदानको महत्व बारेमा प्रकाश पारेका थिए । उक्त अवसरमा पहिलो रक्तदाता सूर्यनाथ न्यौपानेलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गरिएको थियो । सल्लाहकार किरण राज पौडेलले स्वागत तथा उपाध्यक्ष एल बहादुर पुनले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी अघौँ उपशाखा सभापति हिरामणी सुवेदी रेडियो लेखनाथका अध्यक्ष तथा क्लवका सल्लाहकार रामकृष्ण जि.सी पूर्व मेयर हरिबहादुर हरिजन, सञ्चारकर्मी राजन परियार तथा बिष्णुहरि पौडेल लगाएतले क्लवको कार्यको सराहना गरेका थिए ।
        उक्त रक्तदान कार्यक्रममा लेखनाथ ३ अघौँका लोपोन्मुख अर्वाजा बादक बयोवृद्ध मोहन बहादुर गन्धर्व सहित क्लवका सहयोगी तथा रक्तदाताहरुलाई सम्मान समेत गरिएको सहसचिव अर्जुन कार्कीले वताए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .